१३ असार २०७९, सोमबार
स्थानीय तह निर्वाचन
राजनीति

काठमाडौंमा ५१ प्रतिशत मतगणना गर्न बाँकी, बालेन शाहको निरन्तर अग्रता

प्रकाशित मिति :  ७ जेष्ठ २०७९, शनिबार १६:१६


७ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकामा ५१ प्रतिशत मत गन्न बाँकी रहँदा पनि स्वतन्त्र उम्मेदवार बालेन शाहले निरन्तर अग्रता कायम गरिरहेका छन् ।

लौरो चिन्हवाट स्वतन्त्र उम्मेदवार भएका शाहले निकटतम प्रतिस्प्रर्धी नेकपा एमालेका केशव स्थापितलाई १५ हजार ८ सय ५ सय ५३ मतले पछि पार्दै ३५ हजार १ सय ३० मत प्राप्त गरिसकेका छन्।

महानगरमा कुल १ लाख ८९ हजार ४२० मत खसेको थियो । शनिबार अपरान्ह साढे २ बजेसम्म ९३ हजार ६ सय ४७ मत मात्रै गणना भएको निर्वाचन आयोगले जनाएको छ । यसअघिको निर्वाचनमा एमालेको पकड क्षेत्र मानिएका वडाहरुमा मतगणना जारी छ ।

अभै ९७ हजार ५ सय ३९ मत गणना गर्न बाँकी छ । ९, १०, ११, २४, २५, २६, २७ र ३१ वडामा मतगणना जारी छ । जसमध्ये १० र ११ नम्बर वड कांग्रेसको पकड भएको क्षेत्र मानिन्छ ।


663
Shares
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा


फिल्म ‘दोख’को ट्रेलर रिलिज
नेपालबहस संवाददाता