१३ असार २०७९, सोमबार
सोती घटना
राजनीति

मृतकका आमाहरूलाई गृहमन्त्रीले भने, ‘सरकारले दोषीहरूमाथि कारवाही गरेर तपाइहरुलाई न्याय दिन्छ’

प्रकाशित मिति :  १२ जेष्ठ २०७९, बिहीबार १६:००


१२ जेठ, काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले रुकुम पश्चिमको सोती घटनाका दोषीहरुलाई कारवाही गरेर पिडित पक्षलाई न्याय दिने विषयमा सरकार गम्भिर भएर लागेको बताएका छन् । उनले उक्त घटना देशकै प्रतिष्ठाको विषय भएको पनि बताएका छन् ।

जाजरकोटबाट न्यायका लागि काठमाडौं आएका मृतकका आमाहरूसँगको भेटमा गृहमन्त्री खाँणले सरकार पीडित पक्षलाई न्याय ििदलाउने पक्षमा रहेको बताए । नले घटनाको गहिरो छानबिन र दोषीहरूलाई कडा कारबाही गर्नका लागि सरकार प्रयासरत रहेको बताए ।

घटनाको निष्पक्ष छानबिन र दोषीलाई कडाभन्दा कडा कारबाही गर्नका लागि सरकार प्रयासरत रहेको भन्दै यो घटनाबाट पीडितंहरु मात्रै नभई देशै पीडित भएको उनले बताए । गृहमन्त्री खाँणले मुद्दा अदालतमा पुगेकाले अब अदालतबाटै त्यसको किनारा लाग्ने जानकारी दिए ।

घटनाबारे छानविन र आएका प्रतिवेदन कार्यान्वयामा कमजोरी भएको स्वीकार गर्दै खाँणले अब पिडित पक्षलाई न्याय दिन सरकारले कुनै कसर बाँकी नराख्ने आश्वासन दिए । पीडित परिवारले मागसहित बुझाएको १२ बुँदे ज्ञापन पत्र बुझ्दै संसदीय समितिको सिफारिस बमोजिम पीडित परिवारको शिक्षा, स्वास्थ्य र रोजगारीसहितको व्यवस्थाका लागि सरकारले पहल गर्ने बताए ।

२०७७ साल जेठ १० गते रुकुम पश्चिमको चौरजहारीकी गैरदलित प्रेमिकालाई भगाएर बिहे गर्न गएका नवराज विकसहित ६ युवक केटी पक्षका गाउँलेको आक्रमणबाट मारिएका थिए । उनीहरू सबैको शव भेरी नदीमा फेला परेको थियो  ।


494
Shares
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा


फिल्म ‘दोख’को ट्रेलर रिलिज
नेपालबहस संवाददाता