मन्त्रीले दाम्लो चुडाएपछि निरिह बनेका माधव नेपाल
नेपालबहस संवाददाता
जेठ २४, २०७९ मंगलबार १८:१९:४०
२४ जेठ, काठमाडौं । नेपाली राजनीतिमा नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई राजनीतिक इमान भएका व्यक्तिकै रुपमा लिइन्छ । कृष्णप्रसाद भट्टराईपछि सायदै उनी मात्रै यस्ता नेता हुन जो सरकारमा बसेर पनि अहिलेसम्म अरु जस्तो विवादमा मुछिएका छैनन् । बालुवाटार जग्गा काण्डबाहेक उनका आर्थिक लाभ र अरु समाजिक हानीका विषयमा खासै चर्चा सुनिदैन ।
एमालेको करिब १५ वर्ष महासचिव भएर पार्टी चलाएका उनी पार्टीले निर्वाचनमा पराजय भोगेपछि महासचिवबाट राजिनामा दिएर बाहिर बसेका थिए । पार्टीभित्र सबैभन्दा बढी विधि र पद्धतिको कुरा गर्दा गर्दै हेपिएर थिचिएर बाहिरिदा केपी ओलीको कार्यशैलीप्रति विमत्ति राखेर उनले करिब नौ महिना अघि नयाँ पार्टी गठन गरेका हुन् ।
२०६४ सालपछि पार्टीभित्र विस्तारै ओझेलमा पर्दै गएका नेपाल पछिल्लो तीन वर्ष यता चर्चाको शिखरमा रहे तर पार्टी विभाजनले उनलाई साह्रै घाटा लगाएको छ । त्यतिमात्र होइन उनी निकै निरिह भएका छन् । अझ २ दिन अघिको निर्णयलाई कार्यान्वयन गराउन नसक्दा निरीहताको सीमा नै नाघेको छ ।
संसदीय राजनीतिका सबै घटनाक्रमहरुलाई नजिकबाट नियाल्ने मात्र होइन त्यसमा संलग्न भएका नेपाल पछिल्ला केही वर्षयता निकै निरिह पात्र भएका छन् । ठूलो पार्टी बनाएर त्यसको नेता बनेका नेपाललाई आफू निकट रहेका नेताहरुले नै निरिह बनाउदै लगेका हुन् । शुरुमा नेपाल निकट रहेका धेरै नेताहरु अहिले केपी ओलीसँग छन् । उनीहरुले पछिल्लो दिनमा साथ नदिनु र विश्वास नगर्नुले नेपाललाई सबैभन्दा ठूलो घात भएको छ ।
नेपाल आफूलाई परिपक्व नेताको रुपमा चिजाउन खोज्छन्, धेरै विषयको जानकार राख्ने दावी पनि गर्छन, त्यतिमात्र होइन असल र खराब छुट्टाउने हो भने असल नेताको कोटीमा पनि उभ्याउछन् । तर उनलाईलाई नै धेरै नेताले अविश्वास गर्न थालिसके । २०६४ सालको आठौ महाधिवेशनमा ओलीलाई छाडेर झलनाथ खनाललाई मौन समर्थन गर्नु र २०७१ सालमा भएको नवौ महाधिवेशनमा ओलीसँगै प्रतिस्पर्धा गरेपछि उनको उचाइमा ह्रास आउन थालेको थियो । २०७१ सालपछि निरन्तर ओलीसँग सिगौरी खेलेका नेपाल अन्ततः २०७८ सालमा आइपुग्दा पार्टी नै विभाजन गर्न पुगे ।
धेरैले परिपक्व नेताको रुपमा लिने गरे पनि २०७८ साल भदौमा पार्टी विभाजन गरेपछि उनको अपरिपक्वता अलि बढी देखिन थालेको छ । ओलीसँगको व्यक्तिगत टकरावले पार्टी विभाजन गर्नु र पार्टीको नीति विचार सिद्धान्त भन्दा पर रहेका दुई पार्टीहरु कांग्रेस र माओवादीसँग सहकार्य गर्नु नै उनको राजनीतिक यात्रा ओरालोतर्फ हुइकिएको अनुमान लगाइदैछ ।
गत आइतबार र सोमबार आफ्नै पार्टीका मन्त्री फेरबदल गर्ने नाममा निर्णयलाई फेल गराउन निकट रहेका नेताहरुले कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भेटघाट गरे । जुन पार्टीको हित र नीति विपरित रहेको थियो । जसलाई नेपालले रोक्न सकेनन्, मन्त्री फिर्ता बोलाउने निर्णय कार्यान्वयन गराउनन सकेनन र त्यसरी विपरित पार्टीका नेताहरुसँग गएर याचाना गर्ने मन्त्रीहरुलाई कारवाही पनि गर्न सकेनन ।
बहुदलीय संसदीय राजनीतिक प्रणालीमा गठबन्धन सरकार बनेको बेला पार्टीको सिफारिसमा मन्त्रीहरु बन्ने र हट्ने कुरा स्वाभाविक भएपनि त्यसलाई माधव नेपाल आफैले सुझबुझपूर्ण निर्णय नगरेको देखिएको छ । प्रधानमन्त्रीभन्दा दलको निर्णय बढ्ता प्रभावी हुने अभ्यास नेपालमा चल्दै आएको पनि चार मन्त्रीले निर्णय नै बदल्ने अवस्था कसरी आयो भन्ने बारेमा नेपाल आफै अनभिज्ञ रहे वा निरिह बने भन्ने बारेमा घट्नाक्रमहरुले निरिह बनेको तथ्य आएका छन् ।
नेकपा एसले कस्तो बेलामा मन्त्री बदल्ने निर्णय गर्याे भने जुन बेला संसदमा सरकारको वार्षिक बजेट प्रस्तुत भएर सांसदहरुले छलफल गरिररहेका छन् । सोमबारबाट मन्त्रालयगत छलफलमा मन्त्रालयका मन्त्रीहरुले जवाफ दिनुपर्ने कार्यक्रम पनि थियो । तर नेकपा एसले यस्तो कच्चा निर्णय ग¥यो कि आफैले बनाएको बजेटमाथि संसद्मा उठेका प्रश्नमा जवाफ दिने अवसर नदिई मन्त्रीहरुलाई बिदा गर्न खोज्यो । नेकपा एसका तर्फबाट मन्त्री बनेकाहरुले करिब ८ महिना मन्त्रालय सञ्चालन गरे ।
उनीहरुले गरेको उल्लेखनीय काम त खासै केही देखिएको छैन । तर उनीहरुलाई पार्टीकै निर्णयमा हटाउनु पर्दा पनि उनीहरुलाई कम्तीमा जानकारीसम्म त हुनुपर्ने हो। तर अध्यक्ष नेपालले मन्त्री हटाउनेबारे आइतबार बिहान प्रधानमन्त्री शेरबहादुर देउवासँग मात्र छलफल गरे ।
आफ्नै पार्टीका मन्त्रीहरुलाई सुइँको समेत दिएनन् । त्यसपछि सरकारमा रहेका एस पार्टीका मन्त्रीहरुले ‘दाम्लो चुडाउन’ खोजे । उनीहरु मध्ये कोही प्रचण्ड निवास धाउने र कोही शेरबहादुर देउवालाई भेटेर माधव नेपाललाई सम्झाइदिनु पर्यो भन्न थाले । जबकि पार्टीको निर्णयमा दुवै नेताहरुको केही जोड चल्दैनथ्यो । तर पनि सोमबार हुने भनिएको नयाँ मन्त्रीहरुको सपथ रोकियो ।
यसो हुनुका पछाडिको कारण प्रेम आले र किसान श्रेष्ठ जस्ता मन्त्रीले सरकारलाई नै अप्ठेरो पर्ने चेतावनी दिए । जसले गर्दा शेरबहादुर देउवा र प्रचण्ड दुवैले माधव नेपाललाई आफ्नो निर्णयबाट पछि हट्न बाध्य पारेका थिए । ओलीको इगोले नयाँ पार्टी खोलेका नेपालले आफूसँग भएका सहयात्रीहरुलाई गुमाउनु पर्ने परिस्थिति आइपर्ने भएपछि निरहतापुर्वक आफ्नो निर्णयबाट पछि हटेका हुन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
बैशाख ३०, २०८१ आइतबार
बाल मन्दिरपछि सीआईबीको नजरः टीकापुर, तारागाउँ र हरिसिद्धि तिर
बैशाख ३०, २०८१ आइतबार
सहकारी प्रकरण: रवि विरुद्ध के छ काग्रेससँग प्रमाण ?
बैशाख २९, २०८१ शनिबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उदघाटन गरेको ९ दिन नपुग्दै हावाले भत्कायो इलाका प्रहरी कार्यालय जयनगरको पर्खाल
बैशाख ३१, २०८१ सोमबार
मधेशमा नयाँ सरकार गठनका लागि आज ४ दलले एमालेको नेतृत्वमा दाबी पेश गर्दै
बैशाख ३१, २०८१ सोमबार
सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधन
बैशाख ३१, २०८१ सोमबार
राजनीति देश र जनताका लागि हुनुपर्छ : उपसभापति गुरुङ
बैशाख ३१, २०८१ सोमबार
ठूला सरकारी अस्पतालमा जनशक्ति थप्ने नवनियुक्त स्वास्थ्यमन्त्री यादवको निर्णय
बैशाख ३१, २०८१ सोमबार
नेपालको वित्तीय सङ्घीयता कार्यान्वयनमा मध्यम प्रगति, प्रदेश र स्थानीय तह घाटामा
बैशाख ३१, २०८१ सोमबार
धनगढी र दार्चुलामा करेन्ट लागेर दुई जना घाइते
बैशाख ३१, २०८१ सोमबार
पोखराबाट खैरो हिरोइनसहित दुई जना पक्राउ
बैशाख ३१, २०८१ सोमबार
कर्णालीमा जबरजस्ती करणीका मुद्दा धेरै
बैशाख ३१, २०८१ सोमबार