सनराइज बैंकद्वारा निशुल्क स्तन स्वास्थ्य क्यान्सर शिविर संचालन
नेपालबहस संवाददाता
जेठ ३१, २०७९ मंगलबार २०:४८:४१
३१ जेठ, काठमाडौं । स्वास्थ्य र त्यसमा पनि विशेषरुपमा महिला स्वास्थ्यलाई प्राथमिकतामा राख्दै आएको सनराइज बैंकले शनिबार ( जेठ २८ गते ) काठमाडौंको ओमबहालमा निशुल्क स्तन क्यान्सर परिक्षण शिविर आयोजना गरेको छ ।
पछिल्लो समयमा स्तन क्यान्सर लगातार बढ्दै गएको र अहिले नेपालमा पनि महिलामा हुने स्तन क्यान्सर सबैभन्दा बढी देखिएको छ । सामान्यता महिलाहरु स्तन क्यान्सरको जाचँ गर्न अन्तिम चरणमा अस्पताल जाने गर्दछन् ।
यसलाई पहिलो चरणमै पत्ता लगाउन सकिएको खण्डमा यसको उपचार हुन सक्ने र ठुलो क्षतिबाट जोगिन सकिने डाक्टरहरु बताउँदछन् । तसर्थ जनचेतना अभिवृद्धि गर्न बैंकले नेपाल मधुमेही समाज सँगको सहकार्यमा निशुल्क शिविर सञ्चालन गरेको हो ।
सो शिविरमा करिब ६३ जना महिलाहरुको स्तन परीक्षण गरी उनीहरुलाई स्तन क्यान्सर बारे सचेतना दिइएको थियो । साथै शिविरमा आउन हुने सम्पुर्ण मानिसहरुको निशुल्क रक्तचाप, मधुमेह परिक्षण सेवा समेत दिइएको थियो ।
बैंकले नारीहरुलाई बचत गर्न उत्प्रेरणा र उनीहरुको स्वास्थ्य सुरक्षामा साथ दिने उद्देश्य अनुरुप नारी बचत खाता अन्र्तगत महिलाहरुलाई ५ लाख सम्मको घातक रोग खर्च दिइरहेको छ ।
महिलाहरुमा हुन सक्ने पाठेघर क्यान्सर, स्तन क्यान्सर, मुटु रोग सहितका १८ घातक रोगहरु यस योजनामा समेटिएको छ । साथै बैंकले महिलाहरुलाई प्रसुति खर्च स्वरुप रु.१०,००० सम्म र अस्पताल भर्ना र इएम् खर्च गरी रु १ लाख सम्म बीमा बापतको रकम समेत दिदै आएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्सको “बेष्ट बैंक अवार्ड”बाट सम्मानित
बैशाख ३१, २०८१ सोमबार
निक्षेपमा दिने औसतदर घटाएर बैंकहरुले सार्वजनिक गरे जेठ महिनाको ब्याजदर
बैशाख ३१, २०८१ सोमबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
वर्षासँगै काठमाडौंको प्रदूषण कम हुँदै, ५० औँ स्थानमा सूचीकृत
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
आज सुनको मूल्य घट्यो, कतिमा हुँदै छ कारोबार ?
जेठ १, २०८१ मंगलबार
दैनिक सूर्य नमस्कार गर्दा यी १० समस्याबाट छुटकारा मिल्छ
जेठ १, २०८१ मंगलबार
राष्ट्रियसभाको बैठक कार्यसूचीमा प्रवेश नगरी स्थगित
जेठ १, २०८१ मंगलबार
कांग्रेसको अवरोधपछि प्रतिनिधिसभाको बैठक स्थगित
जेठ १, २०८१ मंगलबार
क्रिकेटर सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा
जेठ १, २०८१ मंगलबार
प्रतिनिधि सभाको बैठकमा कांग्रेसको अवरोध, छानबिन समितिको माग गर्दै नाराबाजी
जेठ १, २०८१ मंगलबार