११ असार २०७९, शनिबार

‘वर्षौंसम्म चल्ने युक्रेन युद्धलाई सहयोग गर्न तयार हुनुपर्छ’

प्रकाशित मिति :  ५ असार २०७९, आईतवार १४:५८


५ असार,एजेन्सी ।   मस्को–पश्चिम देशहरू युक्रेनलाई वर्षौंसम्म चल्ने युद्धमा सहयोग जारी राख्न तयार हुनुपर्ने नेटोका प्रमुखले चेतावनी दिएका छन् । महासचिव जेन्स स्टोल्टनबर्गले युद्धको लागत उच्च रहेको तर मस्कोलाई आफ्नो सैन्य लक्ष्य हासिल गर्न दिनुको मूल्य अझ ठूलो भएको बताए ।

बेलायती प्रधानमन्त्री बोरिस जोनसनले दीर्धकालीन युद्धका लागि तयार हुनुपर्ने बताइरहेका बेला नेटो प्रमुखको भनाइ सार्वजनिक भएको हो । युक्रेनलाई बढी हतियार उपलब्ध गराएमा युक्रेनका लागि जित हुने जोनसन र स्टोल्टनबर्ग दुबैले बताएका छन् ।

‘युद्ध लाग्न सक्ने तथ्यका लागि तया हुनुपर्छ । हामीले युक्रेनलाई समर्थन गर्न छोड्नु हुँदैन’ नेटो प्रमुखले जर्मन पत्रिका बिल्डसँगको एक अन्तर्वार्तामा भने ।

 


286
Shares
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा