११ असार २०७९, शनिबार
बीमा बजार

सानिमा जनरल इन्स्योरेन्सको विशेष साधारणसभा काठमाडौंमा हुदैँ

प्रकाशित मिति :  ६ असार २०७९, सोमबार ११:२५


६ असार, काठमाडौं ।  सानिमा जनरल इन्स्योरेन्सले १५ असारमा विशेष साधारणसभा आयोजना गरेको छ । कम्पनीको विशेष साधारणसभा काठमाडौंमा हुनेछ । गत २९ जेठमा बसेको सञ्चालक समितिको बैठकले विशेष सभा गर्ने निर्णय गरेको हो ।

बिमा कम्पनीहरुमा पुँजी वृद्धिको चटारो चलिरहँदा सानिमा जनरलले पनि मर्जर तथा प्राप्ति प्रक्रियामा जाने संकेत गर्दै विशेष साधारणसभा आह्वान गरेको हो । कम्पनीले मर्जर तथा प्राप्ति सम्बन्धी विशेष प्रस्ताव पारितकै लागि विशेष साधारणसभा बोलाएको छ ।

सभाले आगामी दिनमा मर्जर तथा प्राप्ति प्रक्रियामा जाने भएमा सो को जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णयसमेत गर्नेछ । सभा प्रयोजनका लागि कम्पनीले ८ मा बुक क्लोज गर्नेछ । जसअनुसार ७ असारसम्म कायम सेयरधनीले विशेष साधारणसभामा भाग लिन सक्नेछन् ।


104
Shares
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा