संस्कृत पुस्तकालय स्थापना
नेपालबहस संवाददाता
असार ६, २०७९ सोमबार १८:३९:१३
६ असार, वालिङ । यहाँको धार्मिक एवं ऐतिहासिकस्थल छाङ्छाङ्दी (छायाँक्षेत्र) मा ‘योगी नरहरिनाथ संस्कृत पुस्तकालय’ स्थापना गरिएको छ ।
विश्व हिन्दू युवा संघको पहलमा प्रसिद्ध धार्मिक एवं ऐतिहासिकस्थल छाङ्छाङ्दीमा पुस्तकालय स्थापना गरिएको हो । आधुनिकताका नाममा संस्कृत भाषा लोप हुन नदिनका लागि र यसको महत्व तथा प्रचारप्रसारमा जोड दिने उद्देश्यसहित संस्कृत पुस्तकालय स्थापना गरिएको विश्व हिन्दू युवा सङ्घ स्याङ्जाका अध्यक्ष नवराज पौडेलले जानकारी दिए ।
“योगी नरहरिनाथले लेख्नुभएका पुस्तकको संकलन गरेर पुस्तकालयमा राखेका छौँ, संस्कृत भाषाका अन्य पनि पुस्तक राखेका छौँ”, उनले भने, “संस्कृतको महत्वकाबारेमा आम नागरिकलाई बुझाउन सकेको खण्डमा संस्कृत भाषा लोप हुनबाट बचाउन सकिने ठानेर संस्कृत पुस्तकालय स्थापना गरेका हौँ ।”
पुस्तकालय स्थापनाका क्रममा योगी नरहरिनाथले लेख्नुभएका र अन्य संस्कृत भाषाका पुस्तक विभिन्न ठाउँबाट संकलन गरेर ल्याएर राखिएको छ । भीरकोट– ४ मा अवस्थित छाङ्छाङ्दीमा स्थापना गरी सुरुआत गरिएको संस्कृत पुस्तकालय स्याङ्जाका एघार वटै स्थानीय सरकारसँगको समन्वय र सहकार्यमा स्थापना गर्ने लक्ष्य रहेको अध्यक्ष पौडेलले बताए ।
विश्व हिन्दू युवा संघले विद्यार्थीमा नैतिक शिक्षाको अभाव भएको भन्दै पालिकाले विद्यालयमा नैतिक शिक्षा लागू गर्न माग गर्दै यसअघि ज्ञापनपत्र बुझाएको थियो । “संस्कृत पूजा गर्ने, कर्मकाण्ड चलाउने मात्रै भाषा होइन”, उनले भने, “यो विश्वकै सबैभन्दा प्राचीन भाषा हो, तसर्थ यसको महत्वकाबारेमा आजका पिँढीलाई बुझाउन सकेमात्रै भोलि पनि यो भाषा जीवित रहने भएकाले समयमै यतापट्टि ध्यान दिनु जरुरी भएको ठान्दछु ।”
पुस्तकालय सञ्चालनमा आएकाले सोही ठाउँमा गएर आफूलाई आवश्यक परेको पुस्तक अध्ययन गर्न वा घरमै लगेर पनि अध्ययन गर्न सकिने व्यवस्था मिलाइएको पुस्तकालयले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपम्याग्दीलाई पूूर्णखोप सुनिश्चितता दिगोपना घोषणा
जेठ १, २०८१ मंगलबार
प्लाष्टिकजन्य निषेधित वस्तु प्रयोगमा रोक लगाउने तयारी
बैशाख ३१, २०८१ सोमबार
बुल्दीखोलाको स्वरुप फर्काउने प्रयास
बैशाख ३०, २०८१ आइतबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
वर्षासँगै काठमाडौंको प्रदूषण कम हुँदै, ५० औँ स्थानमा सूचीकृत
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
आज सुनको मूल्य घट्यो, कतिमा हुँदै छ कारोबार ?
जेठ १, २०८१ मंगलबार
दैनिक सूर्य नमस्कार गर्दा यी १० समस्याबाट छुटकारा मिल्छ
जेठ १, २०८१ मंगलबार
बबईमा डुबेर दाजुभाइको मृत्यु
जेठ २, २०८१ बुधबार
लखनउमाथि दिल्ली १९ रनले विजयी
जेठ २, २०८१ बुधबार
हरित रोजगारीका निम्ति कोरियाले ९८ लाख डलर दिने
जेठ २, २०८१ बुधबार
कस्तो छ आजको मौसम ?
जेठ २, २०८१ बुधबार
सन्दीप लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै,
जेठ २, २०८१ बुधबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ २, २०८१ बुधबार