११ असार २०७९, शनिबार
प्रतिनिधिसभा

सभामुखसँग एमालेले माग्यो प्रधानन्यायाधीशमाथिको महाभियोग छलफलमा नल्याउनुको कारण

प्रकाशित मिति :  ६ असार २०७९, सोमबार १४:२७


६ असार, काठमाडौं । नेकपा एमालेले सभामुख अग्निप्रसाद सापकोटासँग प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरामाथि लगाइएको महाअभियोगका छलफलमा नल्याउनुको कारण माग गरेको छ । एमाले सांसद लालबाबु पण्डितले प्रधानन्यायाधीश जबरामाथि महाभियोग अगाडी नबढ्नुको कारण मागेका हुन् ।

प्रतिनिधिसभाले गठन गरेको संसदीय महाभियोग सिफारिस समितिका सदस्यसमेत रहेका पण्डितले महाभियोग सिफारिस किन अगाडि नबढ्नुको कारण र त्यसमा सभामुखको धारणाबारे प्रश्न गरेका हुन् । प्रतिनिधिसभाको सोमबारको बैठकमा पण्डितले महाभियोग कहिले अगाडि बढ्छ भनेर सभामुखलाई पनि प्रश्न गरे ।

उनले भने, ’महाभियोग दर्ता भएको छ । छानबिन समिति गठन भएको छ तर समितिले कहिले काम पाउने हो ? महाभियोग प्रमुख प्रतिपक्षसँग छलफल नगरी ल्याएको र पास हुन सक्दैन भनेर महाभियोग प्रस्तावका प्रस्तावकहरू नै हराइसक्नुभएको हो कि ? । उहाँहरू यो प्रस्तावमाथि छानबिन गर्नको निम्ती तयार हुनुहुन्न, के भएको हो ?।’

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथि गत फागुन १ गते कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका सांसदले महाभियोग प्रस्ताव दर्ता गराएका थिए । त्यसपछि महाभियोग सिफारिस समिति पनि गठन भएको थियो तर अगाडि बढ्न सकेको छैन । जबरा निलम्बनमा छन् भने महाभियोग सिफारिस समिति कामविहीन छ ।


364
Shares
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा