११ असार २०७९, शनिबार
जेल चलान
खोज / विशेष

बलात्कारको आरोपमा पक्राउ परेका मनोज पाण्डेलाई डिल्लीबजार कारागार लगियो

प्रकाशित मिति :  ६ असार २०७९, सोमबार १८:११


६ असार, काठमाडौं । आठ वर्षअघि भएको सौन्दर्य प्रतियोगिताकी प्रतिष्पर्धीलाई जबरजस्ती करणी गरेको अभियोग लागेका मनोज पाण्डेलाई डिल्लीबजार कारागार लगिएको छ । थुनामा पठाउन अदालतले आदेश दिएपछि उनलाई त्यहाँ लगिएको हो ।

जिल्ला अदालत, काठमाडौंले मानवबेचबिखन तथा ओसारपसार सम्बन्धी कसूरमा पाण्डेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो । आदेशपछि बालयौन दुरुपयोगको कसुरमा अनुसन्धानमा रहेका मनोज पाण्डे भनिने मनोज कुमार जैशी पुर्पक्षका लागि कारागार चलान भएका हुन् ।

सोमबार जिल्ला अदालत काठमाडौंका न्यायाधीश प्रकाश ढुंगानाको इजलासले पाण्डेलाई पुर्पक्षका लागि कारागार चलानको आदेश दिएको हो । सन् २०१४ मा भएको ‘मिस ग्लोबल इन्टरनेसनल’ प्रतियोगितामा सहभागी भएकी एक युवतीले पाण्डेले होटलमा बोलाएर बलात्कार गरेको तथा फोटो र भिडियो खिचेर ‘ब्ल्याकमेल’ गर्दै ६ महिनासम्म निरन्तर यौन शोषण गरेको घटना सार्वजनिक गरेकी थिइन् ।

त्यसपछि अर्की एक बालिकाले पनि पाण्डेले आफूमाथि शोषण गरेको घटना सार्वजनिक गरेकी थिइन् ।त्यसपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले नियन्त्रणमा लिएर अनुसन्धान प्रक्रिया अगाडि बढाएको थियो । उनीविरुद्ध कार्यालयमा दुईवटा जाहेरी परेको थियो । कार्यालयले अनुसन्धानपश्चात गत जेठ २७ गते मानव बेचबिखन तथा ओसारपसार र बालयौन दुरुपयोगको अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकीलको कार्यालयमा पेस गरेको थियो ।

हाल २४ वर्षीया ती युवतीले आफू १६ वर्षकी हुँदा सुरुमा पाण्डेले नशालु पदार्थ खुवाएर बलात्कार गरेको र त्यसपछि ब्ल्याकमेल गरी निरन्तर शोषण गरेको घटना सार्वजनिक गरेकी थिइन् । बलात्कार मुद्दामा घटना भएको मितिको एक वर्षभित्रैमा मुद्दा अदालतमा दर्ता गरिसक्नुपर्ने हदम्याद भएका कारण उक्त घटनामा पाण्डेलाई बलात्कारमा अभियोजन नगरिएको हो । उनलाई मानव बेचबिखन तथा ओसारपोसार नियन्त्रणसम्बन्धी कानुनअनुसार बेचबिखनअन्तर्गत पर्ने भन्दै उनलाई त्यसमै अभियोजन गरिएको छ ।


832
Shares
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा