११ असार २०७९, शनिबार

राप्ती हाइड्रोको आईपीओमा आवेदन दिने समय थप

प्रकाशित मिति :  ७ असार २०७९, मंगलवार १०:३८


७ असार, काठमाडौं । राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सनको आईपीओमा आवेदन दिने समय थप गरेको छ । आयोजना प्रभावित स्थानीय बासिन्दालाई आईपीओ बिक्री खुला गरेको कम्पनीको आईपीओमा अब १० असारसम्म आवेदन दिन सकिनेछ ।

गत २४ जेठदेखि आईपीओ बिक्री खुला गरिएको थियो । कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दालाई ६ लाख १२ हजार ७९३ कित्ता आइपीओ बिक्री खुला गरेको हो ।

कम्पनीले आयोजना प्रभावित क्षेत्र रुकुम पूर्व र रुकुम पश्चिमका स्थानीय बासिन्दालाई आईपीओ जारी गरेको हो । स्थानीयले प्रतिकित्ता १०० रुपैयाँका दरले न्यूनतम १० कित्तादेखि अधिकतम ६ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । यो आईपीओमा सिद्धार्थ क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।

यसमा ग्लोबल आइएमई बैंकको छिप्रीदह, सिद्धार्थ बैंकको पुथा उत्तरगंगा, मुसिकोट शाखा कार्यालय र प्रभु बैंकको मुसिकोट शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ ।

साथै, लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी–आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।


286
Shares
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा