७ असार, काठमाडौं । अजोड इन्स्योरेन्स लिमिटेडले जेठ २८ गते गुल्मी जिल्लाको इश्मा गाऊपालिकाको वडा नं। १ को वडा कार्यालयमा घुम्ति बीमा सेवा तथा स्थानिय निकायसंग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको जनाएको छ ।
अजोड इन्स्योरेन्स लिमिटेडका अनुसार घुम्ति बीमा सेवाबाट बीमा शुल्क रकम रु। ८ लाख ८१ हजारसात सय पचास मात्र संकलन गरिएको थियो ।
सो अवसरमा इश्मा गाऊपालिका वडा नं. १ का वडा अध्यक्ष शेर बहादुर कुवरको प्रमुख आतिथ्यमा संचालित कार्यक्रमको संचालन अजोड इन्स्योरेन्स लिमिटेड पर्वत शाखाका प्रमुख सन्तोष न्यौपानेले गरेका थिए।
अजोड इन्स्योरेन्स लिमिटेड प्रधान कार्यालयका कृषि विभाग प्रमुख दिपक पोखरेल र मानब संसाधन तथा प्रशासन प्रमुख प्रेम राज पाण्डेले कृषि बीमाको अर्थ, महत्व तथा प्रभावकारीताको बारेमा प्रष्ट पारेका थिए ।
उक्त कार्यक्रममा सो वडाका वडा सदस्यहरु तथा स्थानिय कृषकहरुको उल्लेख्य उपस्थिति रहनुका साथै अजोड इन्स्योरेन्स लिमिटेडका अन्य कर्मचारीहरुको समेत उपस्थिति रहेको थियो ।