११ असार २०७९, शनिबार

आफ्नै अपहरणको नाटक गरि परिवारसँग २० लाख फिरौती माग्ने पक्राउ

प्रकाशित मिति :  ७ असार २०७९, मंगलवार १६:२८


७ असार, काठमाडौं । सप्तरी प्रहरीले आफ्नै अपहरणको नाटक गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।अपहरणको नाटक गरेर आफ्नै परिवारसँग २० लाख रुपैयाँ फिरौती मागी पक्राउ पर्नेमा सप्तरीको राजगढ-३ घर भई ललितपुरको इमाडोलमा बस्ने ३१ वर्षीय कृष्ण कुमार शर्मा रहेका छन् ।

उनलाई जिल्ला प्रहरी कार्यालय मोरङको समन्वयमा विराटनगरबाट पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान विभागले जनाएको छ । विभागका अनुसार उनले असार १ गते परिवारलाई मनि ट्रान्सफरबाट रकम पठाउँछु भनी डेराबाट हिँडेको र पछि मोबाइल स्वीच अफ गरी परिवारलाई फिरौती रकम माग्न अपरहणको नाटक गरेको प्रहरीको भनाइ छ ।

उनले अपहरणको नाटक गरेर आफ्नै सालोसँगको २० लाख रुपैयाँ फिरौती मागेका थिए । टिकटकमा भेटिएकी एक महिलासँग प्रेम वसेको र उनैसँग विवाह गरेर घर वसाउन उनले अपहरणको नाटक गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ। उनी विवाहित हुन्। उनका दुई जना छोरा र छोरी पनि छन् ।

तर, दोस्रो विवाह गरेर घरवार वसाउन उनले सालोसँग पैसा उठाउन खोजेको देखिएको छ। शर्माविरुद्ध प्रहरीले सार्वजनिक उपद्रयाईं गर्न नहने कसुर अन्तर्गत थप अनुसन्धान गरिरहेको छ ।


585
Shares
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा