११ असार २०७९, शनिबार

मन्त्री हेरफेरबारे छलफल गर्न नेकपा एसले बोलायो पोलिटब्युरो बैठक

प्रकाशित मिति :  ७ असार २०७९, मंगलवार १६:५८


७ असार, काठमाडौं । नेकपा एकीकृत समाजवादीले लगातार चार दिनसम्म बैठक बोलाएको छ । पार्टीका प्रमुख सचेतक जीवनराम श्रेष्ठका अनुसार १० असारमा पोलिटब्युरो बैठक, ११ गते केन्द्रीय कमिटी, १३ र १४ गते केन्द्रीय परिषदको बैठक बोलाइएको छ । बैठकमा मन्त्रीहरूको हेरफेरबारे पनि छलफल हुने स्रोतले बतायो ।

बैठकमा पार्टी संगठन र आगामी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको विषयमा छलफल हुने श्रेष्ठको भनाइ छ । एकीकृत समाजवादीले आगामी निर्वाचनसम्म गठबन्धन कायमै राख्नुपर्नेमा जोड दिएको छ । उसले असारमै सिटको भागबन्डा टुंग्यान दबाब दिँदै आएको छ ।

साथै केन्द्रीय नेताहरूले सम्बन्धित क्षेत्र, प्रदेशमा सङ्गठनको अवस्था, सङ्गठन विस्तारको कार्ययोजनाबारे पनि बैठकमा प्रतिवेदन पेश गर्ने तयारी छ।

आगामी चुनावसम्म गठबन्धनलाई कायम राखेर तालमेल गर्ने र पार्टीले आफ्नै शक्तिका आधारमा एक्लै निर्वाचनमा सहभागी हुने विषयमा छलफल गरिने पनि बैठकमा एजेन्डा छन्।

केन्द्रीय कमिटीका लागि केही थप एजेन्डा भने पोलिटब्यूरो बैठकले तय गर्नेछ। केन्द्रीय कमिटीको बैठकपछि केन्द्रीय परिषद्को बैठक असार १३ र १४ गते हुने एकीकृत समाजवादीले जनाएको छ।


156
Shares
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा