११ असार २०७९, शनिबार
विदेश

भारतमा थप ९ हजार ९२३ जना कोरोना संक्रमित

प्रकाशित मिति :  ७ असार २०७९, मंगलवार १७:०५


७ असार, एजेन्सी । सोमबार मध्यराती अर्थात २४ घण्टाको समयावधीमा भारतमा कोरोना भाइरसबाट थप ९ हजार ९२३ संक्रमित भएका केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले मंगलबार जानकारी दिएको छ । भारतमा आइतबार १२ हजार ७८१ नयाँ कोरोना सङ्क्रमित भएका र १८ जनाको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ ।

पछिल्लो एक दिनमा सात हजार २९३ कोरोना भाइरसबाट संक्रमणमुक्त भएका छन् । योसँगै भारतमा अहिलेसम्म संक्रमणमुक्त भएकाको कुल सङ्ख्या चार करोड २७ लाख १५ हजार १९३ पुगेको छ । कोरोना भाइरस निको भएको यो दर ९८.६१ प्रतिशत रहेको छ ।

यसमध्ये ७९ हजार ३१३ सक्रिय सङ्क्रमित रहेका समाचारमा जनाइएको छ । सक्रिय सङ्क्रमितको यो सङ्ख्या कुल संक्रमितको ०।१८ प्रतिशत हो । कोरोना महामारीबाट आइतबार भारतमा १७ को मृत्यु भएको छ । यसैसँगै कोरोना शुरु भएबाट हालसम्म यस महामाहरीको कारण पाँच लाख २४ हजार ८६० भन्दा बढीको मृत्यु भएको समाचारमा जनाइएको छ ।

भारतमा सन् २०२१ को जनवरी महिनाबाट कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु भएको थियो । सो समयदेखि हालसम्म एक अर्व ९६ करोड ३२ लाख डोज खोप लगाइएको समाचारमा जनाइएको छ । ८५ करोड ८४ लाख भन्दा बढीको कोरोना भाइरस परीक्षण भएको बताइएको छ ।


117
Shares
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा