पर्सामा विपद् न्यूनीकरणको कार्ययोजना
नेपालबहस संवाददाता
असार ८, २०७९ बुधबार १९:१०:३८
८ असार, वीरगंज । पर्सामा विपद् न्यूनीकरणको लागि जिल्लाका १४ वटा पालिकाले आवश्यक सामग्री व्यस्थापनसहित कार्ययोजना बनाउन थालेका छन् । आउँदै गरेको वर्षाको समयलाई मध्यनगर गरी जिल्ला विपद् व्यवस्थापन समितिको पहलमा पर्साका सबै पालिकाले विपद् व्यवस्थापनको लागि आवश्यक सामग्री व्यस्थापन तथा कार्ययोजना बनाउन थालेका हुन् ।
पालिकामा विपद् व्यवस्थापनको लागि आगामी समयको सामग्री व्यस्थापनसहित कार्ययोजना बनाउन निर्देशन गरिसकिएको जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक एवं पर्साका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए ।
जस अनुसार सबै स्थानीय तहले सात दिनभित्र विपद् व्यवस्थापनको लागि आवश्यक सामग्री खरिद गर्नुपर्ने, मनसुन आइसकेकाले छिट्टै कार्ययोजना बनाइ विपद् व्यवस्थापन समितिलाई जानकारी गराउनुपर्ने, पर्सामा रहेका बस्तीमध्ये उच्च जोखिममा रहेका बस्ती पहिचान गरी विपद्को बेला स्थानान्तरण गर्दा आवश्यक पर्ने भाँडाकुँडा, कपडा, औषधि, पानी स्थानीय तहले व्यवस्थापन गर्नुपर्ने, प्रत्येक गाउँपालिकाले रबर बोट, डोरी, लाइफ ज्याकेट, स्ट्र्रेचर, बेल्चा, पिकअप, डोरी तथा आवश्यक सामग्री खरिद गर्नुपर्ने सबै पालिकाको योजना छ ।
यसैगरी पर्सामा रहेका खोलानालाबाट घर, बस्ती, खेत कटान हुने अवस्था रहेकोले सोको पहिचान गरी सिँचाइ डिभिजन कार्यालयमार्फत तटबन्धको व्यवस्था मिलाउनुपर्ने, सबै स्थानीय तहमा रहेका नाला, कल्भर्टको सरसफाइ तत्काल अघि बढाउन सबै पालिकालाई जिल्ला प्रशासन कार्यालयले निर्देशन दिइसकेको छ । जिल्लामा एक महानगरपालिका, तीन नगरपालिका र १० वटा गाउँपालिका रहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएमालेभन्दा पहिला माओवादीले छाड्यो मधेश सरकार
बैशाख ३०, २०८१ आइतबार
सर्लाहीमा आगलागीबाट १० महिनामा एक सय ६१ घर जले
बैशाख ३०, २०८१ आइतबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
बैशाख ३०, २०८१ आइतबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
बैशाख ३०, २०८१ आइतबार
मधेशमा नयाँ सरकार, एमाले नेतृत्वमा माओवादी, जनमत र लोसपाको समर्थन
बैशाख ३०, २०८१ आइतबार
उपेन्द्र यादवलाई राजीनामा दिन प्रधानमन्त्रीको निर्देशन
बैशाख ३०, २०८१ आइतबार
सरकारबाट बाहिरिने उपेन्द्र यादवको तयारी, निर्णय गर्न कार्यकारिणीे बैठक जारी
बैशाख ३०, २०८१ आइतबार
नागरिकलाई केन्द्रबिन्दुमा राखेर कार्यसम्पादन गरौँ : आईजीपी कुँवर
बैशाख ३०, २०८१ आइतबार
मधेश सरकार अल्पमतमा, एमाले पनि बाहिरियो
बैशाख ३०, २०८१ आइतबार