बाहिरी चक्रपथबारे १५ दिनभित्र जानकारी गराउन निर्देशन
नेपालबहस संवाददाता
असार १०, २०७९ शुक्रबार २३:४३:२३
१० असार , काठमाडौं । प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिले बाहिरी चक्रपथ आयोजनाका विषयमा १५ दिनभित्र यथार्थ जानकारी गराउन शहरी विकास मन्त्रालयलाई निर्देशन दिएको छ ।
समितिमा आज भएको बैठकको निर्णय सार्वजनिक गर्दै सभापति कल्याणीकुमारी खड्काले आयोजना र काठमाडौँ उपत्यका विकास प्राधिकरणका विषयमा विभिन्न तथ्य सार्वजनिक भएकाले त्यससम्बन्धी जानकारी दिन निर्देशन दिएका हुन् ।
शहरी विकास तथा भवन निर्माण विभागबाट सञ्चालित आयोजनाका बारेमा पनि समितिमा उजुरी प्राप्त भएकाले त्यससम्बन्धी फाइलसहित समितिमा जानकारी गराउन पनि समितिले मन्त्रालय र विभागलाई निर्देशन दिएको छ ।
बैठकमा शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले प्राधिकरणको कार्यशैली बदल्नुपर्ने भए पनि यो संस्थालाई नै खारेज गर्न नसकिने बताए । बाहिरी चक्रपथ आयोजनाका विषयमा यस वर्ष र आगामी वर्ष पनि अध्ययन गर्ने कार्यक्रम रहेको जानकारी पनि उनले बैठकमा गराए ।
बाहिरी चक्रपथ आयोजनाका विषयमा १७ वर्षदेखि गफमात्र भइरहेको मन्त्री झाँक्रीको भनाइ थियो । बैठकमा सांसद सञ्जय गौतमले शासकीय व्यवस्थामा आमूल परिवर्तन भनिए पनि शासन व्यवस्थामा परिवर्तन नहुँदा समस्या भएको बताए ।
विगत चार वर्षमा शासकीय व्यवस्थामा भएको परिवर्तनअनुसार शासन व्यवस्था नचल्दा प्राधिकरणजस्ता निकायमा समस्या आएको उनको विचार थियो ।
बैठकमा सांसद विनाकुमारी श्रेष्ठ, विद्या भट्टराई, पद्माकुमारी अर्याल, जीपछिरिङ लामा, रङ्गमती शाही, केदार सिग्देल, गजेन्द्र महतलगायतले आयोजना सुरु भएको २० वर्ष पूरा हुँदा पनि काम अघि बढ्न नसकेकाले प्राधिकरण र बाहिरी चक्रपथ आयोजनाका बारेमा पनि समीक्षा गर्नुपर्ने बताए ।
प्राधिकरणका विकास आयुक्त जानुका ढकालले उपभोक्ता समितिबाट हुने काम बन्द गरिएको जानकारी गराए । नायब विकास आयुक्त नारायणप्रसाद भण्डारीले बाहिरी चक्रपथको विस्तृत परियोजना प्रस्ताव तयार पारेर स्वीकृतिको चरणमा रहेको जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्थानीयको एजेण्डा बन्यो पाथीभरामा केबलकार
बैशाख ३०, २०८१ आइतबार
तीस लाखको लागतमा बीपी मैदानमा प्यारापिट निर्माण
बैशाख २७, २०८१ बिहिबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
बैशाख ३०, २०८१ आइतबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
बैशाख ३०, २०८१ आइतबार
ललितपुर आगलागीका घाइते महिलाको पनि मृत्यु, मृतकको संख्या ३ पुग्यो
बैशाख ३१, २०८१ सोमबार
भारतमा चौथो चरणको मतदान आज, १७ करोड ७० लाख मतदाताहरूले भोट हाल्दै
बैशाख ३१, २०८१ सोमबार
बागमती प्रदेशसभाको बैठक आज बस्दै
बैशाख ३१, २०८१ सोमबार
आइपिएलमा आज गुजरात र कोलकोता भिड्दै
बैशाख ३१, २०८१ सोमबार
म्यानचेस्टर युनाइटेडमाथि आर्सनल १-० ले विजयी
बैशाख ३१, २०८१ सोमबार