फरक विषयमा हेटौडाकाे एक कलेजमा ११ दिने कार्यक्रम सम्पन्न
नेपालबहस संवाददाता
असार १३, २०७९ सोमबार १८:४०:६
१३ असार, काठमाडाैं । एष्ट्रोनोभा फाउन्डेसन, फ्युचर एजुकेसन अफ साइन्स एण्ड टेक्नोलाजी प्रा.लि र एस्ट्रोबोटक नेपाल प्रा.लि कम्पनिले सयुक्त रुपमा फरक फरक विषयमा हेटौडा उपमहानगरपालिमा रहेको तुलसी मेयर मेमोरियल विद्यालय तथा नारायणी कलेजमा ११ दिने कार्यक्रम सम्पन्न भएको छ । फेस्ट कम्पनिका अध्यक्ष धिरेन्द्र चंन्द सोडारीले नेपाल बहसलाई जानकारी दिएका छन् ।
समापन कार्यक्रममा बागमती प्रदेश सामाजिक विकास मन्त्री कुमारी मोक्तान प्रमुख अतिथि रहेको कार्यक्रममा तुलसी मेयर मेमोरियल विद्यालय तथा नारायणी कलेजका फाउन्डर दिपक काफ्ले, मनोज कुमार यादव, गुल्मपती अमृत खड्का, फ्युचर एजुकेसन अफ साइन्स एण्ड टेक्नोलोजी प्रा.लिका संस्थापक अध्यक्ष धिरेन्द्र चन्द सोडारी र संस्थापक तथा सिइओ ई। विक्कि महत, सिटिओ पावन प्रसाद भट्ट , एस्ट्रोबोटक नेपालका अध्यक्ष उपेन्द्र ढुङ्गाना लगायतकाे अतिथि रहेका थिए
समापन कार्यक्रम समारोहलाई सम्बोधन गर्दै मन्त्री मौत्तानले विज्ञान र प्रविधिको क्षेत्रमा इच्छा राख्ने विद्यार्थीहरु लक्षित कार्यशाला आयोजना गरेको भन्दै आयोजक लाई धन्यावाद व्यक्त गरेका थिए ।
कार्यक्रममा फेस्ट कम्पनिका अध्यक्ष धिरेन्द्र चन्द सोडारीले अन्य प्रदेशमा पनि विज्ञान र प्रविधि सम्बन्धि कार्यक्रम गर्ने र अन्य संस्थाहरु सँग पनि सहकार्य गरेर अगाढी बड्ने र अनुसन्धान, नवाचार र आविष्कारलाई फोकस गरेर र शैक्षिक संस्थाहरुमा प्रविधि मेत्री बनाउनुको लागि निरन्तर काम गर्ने र अबको विद्यार्थीहरुले स्थितिगत्यात्मक भएर अगाढी बढ्नु पर्ने बताए ।
त्यसै गरी एष्ट्रोनोभा फाउन्डेसनका अध्यक्ष किशन बास्तोलाले विद्यार्थीहरुको बुद्धि विकासमा कार्यशालाले सहयोग पु-याउने विश्वास व्यक्त गरे । कार्यक्रममा हेटौडा उपमहानगरपालिका का क्षेत्रमा भएका विभिन्न विद्यालयका विद्यार्थीहरु सहभागि हुन भएको छ । कार्यक्रममा विभिन्न विषयहरु माथी छलफल गरिने भएको छ ।
यी विषयहरुमा फरक फरक विषयमा प्रशिक्षण भएको फेस्ट कम्पनी प्रा.लि.का संस्थापक तथा सिइओ ई.विक्कि महतले बताए ।
समापन कार्यक्रममा उत्कृष्ठ विद्यार्थीहरुलाई विभिन्न विद्याका पुरस्कार समेत प्रदान गरिएको थियो । ११ दिने कार्यक्रममा फ्युचर एजुकेसन अफ साइन्स एण्ड टेक्नोलाजी प्रा.लि र एस्ट्रोबोटक नेपाल प्रा.लिले प्रशिक्षण दिएका थिए । कार्यक्रमको सहजीकरण रामप्रसाद पण्डितले गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकक्षा १२ को परीक्षा आजदेखि सुरु, तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै
बैशाख १४, २०८१ शुक्रबार
भोलिदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै
बैशाख १३, २०८१ बिहिबार
शिक्षालयलाई दलीय राजनीतिको चपेटाबाट बाहिर निकालौं : शिक्षामन्त्री श्रेष्ठ
बैशाख १२, २०८१ बुधबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
५६ प्रतिशत पर्यटक बढे पछि साउदीले रक्सी बिक्री खुल्ला गर्न सक्ने
बैशाख १४, २०८१ शुक्रबार
संसदीय समितिको बैठक बस्दै
बैशाख १४, २०८१ शुक्रबार
डढेलो नियन्त्रणमा सरकार संवेदनशील भएन : नेता कोइराला
बैशाख १४, २०८१ शुक्रबार
धरमपानी गाउँ
बैशाख १४, २०८१ शुक्रबार
आइपिएलमा कसरी भइरहेको छ छक्का र चौकाको वर्षा ?
बैशाख १४, २०८१ शुक्रबार
आईपीएलमा हैदरावादमाथि आरसिबीको जित
बैशाख १४, २०८१ शुक्रबार