१ भाद्र २०७९, बुधबार

आईजीपी नियुक्तिविरुद्धको रिट फेरि हेर्दाहेर्दैमा

प्रकाशित मिति :  १३ असार २०७९, सोमबार १८:०१


१३ असार, काठमाडौं । प्रहरी महानिरीक्षक ‘आईजीपी’ नियुक्तिविरुद्धको रिट फेरि ‘हेर्दाहेर्दैमा’ सरेको छ। सोमबार प्रतिवादीका तर्फबाट महान्यायाधिवक्ता खम्मबहादुर खातीसहितका सरकारी वकिलले बहस गरेपछि यो मुद्दा हेर्दाहेर्दैमा राखिएको हो।

कांग्रेस नेतृत्वको गठबन्धन सरकारले धीरजप्रताप सिंहलाई नेपाल प्रहरीको आईजीपीमा बढुवा गरेपछि परेको रिटमा सोमबार चार जना सरकारी वकिलले बहस गरे।

सोमबार बहसमा सहभागी हुँदै महान्यायाधिवक्ता खम्म खातीले नेपाल प्रहरीको महानिरीक्षक पदका लागि धीरजप्रताप सिंह नै उपयुक्त पात्र भएको बताए। खातीले डीआईजी र एआईजीबाट आईजीपी बनाउँदा फरक–फरक व्यवस्था रहेको बताए।

सोमबार उनीसहित सह–न्यायाधिवक्ता शोभकान्त भण्डारी, अर्का सह–न्यायाधिवक्ता खेमराज ज्ञवाली र नायव महान्यायाधिवक्ता कृष्ण जीबी घिमिरेले आईजीपी नियुक्तिको प्रतिरक्षा गर्दै बहस गरे। असार १९ गते हुने सुनुवाइका क्रममा आईजीपी सिंहको पक्षबाट उनका निजी वकिलले बहस गर्नेछन्। बहस लम्बिएर असारभित्रै सर्वोच्चको आदेश नआए एआईजी पोखरेलले साउनदेखि अनिवार्य अवकाश पाउनेछन्।


3.26k
Shares
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा