झापामा वर्षाले २७७ घरपरिवार प्रभावित, १० लाखको कुखुरा म¥यो
नेपालबहस संवाददाता
असार १५, २०७९ बुधबार ७:५९:१३
१५ असार, बनियानी । झापामा सोमबार रातिदेखि आएको अविरल वर्षाका कारण २७७ घरपरिवार प्रभावित भएका छन् । वर्षाले जिल्लाका विभिन्न स्थानमा भएको डुबान तथा नदी–खोलामा आएको बाढी गाउँबस्ती पस्दा उनीहरु प्रभावित भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
गौरीगञ्ज, शिवसताक्षी, गौरादह, बाह्रदशी, बिर्तामोड, झापा, कचनकवल, भद्रपुर, कमल, दमकलगायतका स्थानमा बढी क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाले सार्वजनिक गरेको क्षति विवरणमा उल्लेख छ ।
कचनकवल गाउँपालिका–१ स्थित पिण्डलबारीमा बिरिङ खोलामा आएको बाढीले सो स्थानमा रहेको नेपाल–भारत सीमास्तम्भ ‘पिलर नं २८, २९’ डुबान भई नदेखिने भएको कार्यालयले जनाएको छ ।
त्यस्तै शिवसताक्षी नगरपालिका–१ स्थित हरिदेव ताजपुरियाको कुखुरा फाराममा पानी पस्दा रु १० लाख ४० हजार बराबरको एक हजार दुई कुखुरा मरेको कार्यालयले जनाएको छ । जिल्लामा मानवीय क्षति भने भएको छैन ।
शिवशताक्षी–११ इलाका प्रहरी कार्यालय झिलझिलेको कार्यालमा पानी पस्दा दुई वटा कम्प्युटरमा क्षति पुगेको छ । यस्तै झापा गाउँपालिका–६ बालुबथानमा तिरिङखोलाको बाँध फुटेकाले नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीको सहयोगमा बाँध बाँध्ने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
जिल्लाका विभिन्न स्थानमा घर तथा पसलहरुमा पानी पसेको छ । जसका कारण चामल, दाललगायतका खाद्य सामग्री नष्ट भएको कार्यालयले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत
बैशाख ३१, २०८१ सोमबार
कोशीका मुख्यमन्त्रीले विश्वासको मत लिन बोलाइएको प्रदेशसभा बैठक कांग्रेसद्वारा बहिस्कार
बैशाख ३१, २०८१ सोमबार
झापामा आठ लाखलाई हात्तीपाइले रोगविरुद्धको औषधि खुवाइयो
बैशाख ३१, २०८१ सोमबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उदघाटन गरेको ९ दिन नपुग्दै हावाले भत्कायो इलाका प्रहरी कार्यालय जयनगरको पर्खाल
बैशाख ३१, २०८१ सोमबार
सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधन
बैशाख ३१, २०८१ सोमबार
उपप्रधान एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवले दिए राजीनामा
बैशाख ३१, २०८१ सोमबार
'कान्स फिल्म फेस्टिभल'मा सहभागी हुन बालेन फ्रान्स प्रस्थान
जेठ १, २०८१ मंगलबार
संसदको गतिरोध हटाउन प्रधानमन्त्री र कांग्रेस नेताहरुबीच छलफल
जेठ १, २०८१ मंगलबार
एकीकृत समाजवादीको केन्द्रीय समितिको बैठक आजदेखि
जेठ १, २०८१ मंगलबार
क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आज पेशी, होला त सुनुवाइ ?
जेठ १, २०८१ मंगलबार
कांग्रेस संसदीय दलको बैठक बस्दै
जेठ १, २०८१ मंगलबार
सरकारको नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदै
जेठ १, २०८१ मंगलबार