१ भाद्र २०७९, बुधबार
भन्सार विभाग

एक वर्षमा नेपालमा भित्रियो एक अर्ब ३४ करोडभन्दा बढीको सी-फुड

प्रकाशित मिति :  १७ श्रावण २०७९, मंगलवार १२:५०


१७ साउन, काठमाडौं । नेपालमा एक वर्षको अवधिमा विभिन्न देशबाट १ अर्ब ३४ करोड रुपैयाँभन्दा बढीको सी-फुड भित्रिएको छ । भन्सार विभागका अनुसार गत आर्थिक वर्ष २०७८/७९ मा उक्त मूल्य बराबरको सी-फुड नेपाल भित्रिएको हो ।

सो अवधिमा कुल १ अर्ब ३४ करोड ६५ लाख ८० हजार रुपैयाँको सी-फुड नेपालले आयात गरेको विभागको तथ्याङ्कले देखाउँछ । २०७८ साउनदेखि २०७९ असार मसान्तसम्मको अवधिमा नेपालमा ४९ लाख ६६ हजार ३३८ केजी सिफुड नेपाल भित्रिएको विभागले जनाएको छ ।

नेपालमा सी-फुड भारत, थाइल्याण्ड, डेनमार्क, भियतनाम, ब्रुनाई, चीन, नर्वे, मलेसिया, सिंगापुर, क्यानडा, कतार लगायतका देशबाट आउने गरेको छ ।

अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा नेपालले विभिन्न देशबाट १ अर्ब ६९ करोड ८० लाख ६१ हजार रुपैयाँको सी-फुड आयात गरेको थियो ।


195
Shares
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा