१ भाद्र २०७९, बुधबार
मन्त्रिपरिषद बैठक

बालुवाटारमा मन्त्रिपरिषदको बैठक जारी, चुनावको घोषणा हुने सम्भावना

प्रकाशित मिति :  १७ श्रावण २०७९, मंगलवार १६:५५


१७ साउन, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा निवास बालुवाटारमा मन्त्रिपरिषदको बैठक जारी छ । प्रधानमन्त्री देउवाले मन्त्रीहरुलाई निर्देशन दिन मन्त्रिपरिषदको बैठक बोलाएका हुन् ।

जारी बालुवाटार बसेको आजको बैठकबाटै चुनावको घोषणा हुने सम्भावना छ। सरकारले प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनको मिति तोक्ने तयारी गरिरहेको नेताहरुले बताएका थिए। नेपाली कांग्रेसका प्रवक्ता प्रकाश शरण महतले साउन १३ गते मंसिर ४ गतेका लागि चुनाव तोक्ने तयारी भएको बताएका थिए।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले असार १२ गते प्रधानमन्त्री देउवाले चुनावको मिति तोक्ने तयारी गरेको भए पनि आफूले केही समय पर्खिन निर्देशन दिएको बताएका थिए।

निर्वाचन आयोगले देउवालाई भेटेर झण्डै महिना दिनअघि असार २२ गते मंसिर ४ गते एकै चरणमा निर्वाचन तोक्न सुझाव दिएको थियो।

उक्त सुझावअनुसार मिति नतोकिएपछि निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले साउन १० गतेको पत्रकार भेटघाटमा आउने मन्त्रिपरिषदबाट चुनावको मिति घोषणा हुने दाबी गरेका थिए।

थपलियाको दाबी यता मन्त्रिपरिषदको बैठक बस्न सकेको थिएन। सोमबार नियमित बस्ने मन्त्रिपरिषदको बैठक चुनाव घोषणाबारे सत्ता गठबन्धनका नेताहरु अनिर्णित भएका कारण प्रभावित भएको थियो।


780
Shares
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा