१७ साउन, कामठाडाैं । संविधानविद् भीमार्जुन आचार्यले सरकारले निर्वाचनको मिति घोषणा गरेपछि अहिलेको संसद स्वतः भंग हुने बताएका छन् ।
आचार्यले आज सामाजिक सञ्जाल ट्वीटरमार्फत निर्वाचनको मिति घोषणा गरेपछि संसद विघटन गरिराख्नु नपर्ने समेत जनाएका छन् ।
‘प्रतिनिधिसभाको कार्यकाल ५ बर्षको हो । कार्यकाल सकिनुअघि अर्थात मंसिर १० गते भित्र निर्वाचन सम्पन्न भइसक्नु पर्छ,’ संविधानविद् आचार्यले भनेका छन्, ‘निर्वाचनको मिति घोषणा भएपछि संसद् स्वतः भंग हुन्छ । फेरि विघटन गरिराख्नु पर्दैन ।’
संसद नै नरहेपछि सांसद समेत नरहने उनले बताएका छन् । ‘स्थापित मान्यताको कदर गरौ,अति नगरौं,’ उनले लेखेका छन् ।
प्रतिनिधिसभाको कार्यकाल ५ बर्षको हो।कार्यकाल सकिनु अघि अर्थात मंसिर १० गते भित्र निर्वाचन सम्पन्न भइसक्नु पर्छ।निर्वाचनको मिति घोषणा भएपछि संसद् स्वतः भंग(defunct)हुन्छ। फेरि विघटन गरिराख्नु पर्देन। संसद नै नरहेपछि सांसद रहने भन्ने कुरै हुदैंन। स्थापित मान्यताको कदर गरौ,अति नगरौं।
— Bhimarjun Acharya (@BhimarjunPhD) August 2, 2022