गरिमा विकास बैंकले ल्यायो गरिमा डिजी बटुवा

नेपालबहस संवाददाता
साउन १७, २०७९ बुधबार ३:१३:५६

१७ साउन, काठमाडौं । गरिमा विकास बैंकले गरिमा स्मार्ट मोबाईल बैंकिङ एपको अपग्रेडेड संस्करण गरिमा डिजी बटुवा सार्बजनिक गरेको छ । डिजी बटुवाले ग्राहकहरुलाई आफ्नो मोबाईल फोन तथा वेबसाइटबाट समान पासवर्ड प्रयोग गरेर बैंक खातामा पहुँचका लागि अनुमति दिन्छ । यसले विभिन्न उपकरणहरुबीच निर्वाध रुपमा कारोबार गर्नका लागि पूर्ण डिजिटल बैंकिङको अनुभव दिलाउँछ ।
डिजिटल बैंकिङ अनुप्रयोगको नविनतम संस्करण नेपालको अग्रणी फिनटेक कम्पनी एफवान सफट्ले विकास गरेको हो । गरिमा डिजी बटुवा डिजिटल बैंकिङको सर्वव्यापी दृष्टिकोणमा आधारित छ, जसले ग्राहकहरुलाई उनीहरुको फोनबाट बैंकिङ सेवाहरुको प्रयोगको लागि समान प्रणाली प्रयोग गर्न अनुमति दिन्छ ।
साथै अतिरिक्त सुविधाहरु जस्तै सजिलै पैसा ट्रान्सफर, विभिन्न बिल भुक्तानीहरु (जस्तैः विजुलीको विल, टेलिफोनको विल, ईन्टरनेटको विल, टाफिक चिट आदि), मोबाईल टप–अप, बैंक ईस्टेटमेन्ट, चेक ईस्टेटमेन्ट रिक्वेस्ट, क्यु.आर. पेमेन्ट ईत्यादिको सजिलै प्रयोग गर्न सक्ने छ।
डिजि बटुवाका विषयमा गरिमा बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकालले भने, ‘गरिमा विकास बैंकले हाम्रा ग्राहकहरुलाई संभव भएसम्म उत्कृष्ट अनुभव प्रदान गर्ने कुरा सुनिश्चित गर्न गरिमा विकास बैंकको पछिल्लो प्रयास डिजी बटुवा हो । पछिल्लो समय डिजीटल बैंकिङ एक अपरिहार्य विशेषता बनेको छ’ ।
गरिमा विकास बैंक नेपाल राष्ट्र बैंकबाट इजाजत पत्र प्राप्त विकास बैंंक हो । २०६४ सालमा स्थापना भएको गरिमाविकास बैंकले देशभर १२० शाखा, १ एक्स्टेन्सन काउन्टर र ५० वटा एटिएम मार्फत ग्राहकहरुको सेवा गरिरहेको छ । ‘सबैमा पहुँच’को मुल दृष्टिकोण राखेको बैक नेपालको एक अग्रणी विकास बैंक हो । गरिमा डिजी बटुवा एप स्टोर र प्लेस्टोरबाट डाउनलोड गर्न सकिन्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमहालक्ष्मी विकास बैंकद्वारा क्रेडिट कार्ड सेवाको सुभारम्भ
जेठ १३, २०८० शनिबार
गरिमा विकास बैंकद्धारा डिजिटल ठगी सम्बन्धि जनचेतनामुलक भिडियो सार्वजनिक
जेठ ५, २०८० शुक्रबार
महालक्ष्मी विकास बैंकद्धारा संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम सम्पन्न
बैशाख २४, २०८० आइतबार
यही हो बजेटबाट अर्थमन्त्रीले अकुत पैसा कमाउने समय !
केदार भट्टराई (काका)
जेठ १२, २०८० शुक्रबार
नक्कली शरणार्थी प्रकरणमा बहस गर्न हच्किए वरिष्ठ कानून व्यवसायीहरु
नेपालबहस संवाददाता
जेठ १२, २०८० शुक्रबार
गुप्तचर विभागका हाकिमको अमेरिका भ्रमण निराशाजनकः आइतबार हाजिर हुने
जेठ १३, २०८० शनिबार
जलहरी विवादमा सहमति, एमालेले संसद अवरुद्ध नगर्ने
जेठ १३, २०८० शनिबार
भ्रमणको पूर्व सन्ध्यामा भारतलाई अपराधी उपहार
जेठ १३, २०८० शनिबार
चितवनका किसान भूमिगत सिँचाइमा आकर्षिक
जेठ १४, २०८० आइतबार
सवारी दुर्घटनामा परी एक जनाको मृत्यु
जेठ १४, २०८० आइतबार
सनराइज र लक्ष्मी बैंक एकआपसमा गाभिने
जेठ १४, २०८० आइतबार
रेशम चौधरीलाई आममाफी दिने सरकारको निर्णय
जेठ १४, २०८० आइतबार
आज गुन्द्रुकको भाउ २७५ रुपैयाँ, अन्यको कति ?
जेठ १४, २०८० आइतबार