आत्मनिर्भर हजुरआमाहरू
नेपालबहस संवाददाता
साउन २९, २०७९ आइतबार २१:२:४७
♦विशाल बस्नेत
२९ साउन, महोत्तरी । थपमाया लामा उमेरले ८५ वर्ष पुगिन् । हरेक मंगलबार र शनिबार बर्दिबासको हाटबजारमा भेटिने थपमाया मर्चा र धुप बेच्न व्यस्त हुन्छिन् । उनीसँगै उनकी ७८ वर्षीय सम्धिनी तुलीमाया पाख्रिन पनि हुन्छिन् । तुलीमायाका छोरा गोविन्द पाख्रिनले थपमायाकी छोरी देवीमायासँग विवाह गरेका छन् ।
बजार लाग्ने दिन उनीहरू बिहानै घरबाट निस्कन्छन्, लालबन्दीबाट धुप र मर्चा मगाउँछन् अनि अटोमा राखेर उक्त सामान बजारसम्म पुर्याउँछन् ।
हेर्दा निकै वृद्ध देखिने यी दुई सम्धिनीले व्यापार गर्न लागेको २० वर्ष भइसकेको छ । वृद्ध उमेरमा पनि आफ्नो पेसालाई निरन्तरता दिएर देशमै आयआर्जन गर्न सकिन्छ भन्ने उनीहरु उदाहरणीय बनेका छन् ।
‘कहिलेकाहीँ बजार जाँदा होस् या कपडा किन्दा होस् छोरा र बुहारीसँग हात फैलाउन पर्दैन,’ तुलीमाया भन्छिन् । अझ थपमायाका तीन सन्तान छन् ।
जेठा छोरा वेदबहादुर अहिले परिवारसहित दोलाखाको चरिकोटमा बस्दै आएका छन् । कान्छा छोरा प्रिमान बर्दिबासमा नै बस्छन्, तर खासै काम गर्दैनन् ।
थपमायाको व्यापारबाट परिवारको भरणपोषणको आधार पनि बनेकी छन् । थपमायाको पुर्ख्यौली घर पनि चरिकोट नै हो । अनि तुलीमायाको दोलाखाकै जिरीमा ।
तुलीमायाको भने थपमायाको भन्दा अलि फरक कथा छ । उनको छोराछोरीको नाममा एकैजना छोरा हुन् । पहिले छोरा पर्यटकहरूको भरिया काम गर्थे ।
तर, अहिले पहिले जस्तो अवस्था छैन । हिमाल जाने पर्यटकहरू सवारी यातायातको प्रयोग गर्न थाले फलस्वरूप कयौँ जना बेरोजगार बनेका छन् । यही सूचीमा तुलीमायाका छोरा पनि परे ।
काम नभए पनि तुलीमायालाई कुनै चिन्ता छैन । उनी भन्छिन्, ‘मैले कमाएको पैसाले नै घरपरिवारमा सहयोग पुग्छ, त्यही भएर छोराले काम पाउँदा गरिहाल्छ, नपाउँदा म आफै कमाउँछु ।’
थपमाया र तुलीमायाको घर अहिले बर्दिबासमा नै छ । सवारीसाधनको सहयोगले उनीहरू बजारसम्म आउँछन् अनि बेलुका आफै फर्कन्छन् । ‘अहिले नातिनातिनीले अब व्यापा गर्नुपर्दैन भन्छन् ।
तर, दिनभरि के गरेर बस्नु र भनेर यता आउँछौ, बेच्छौ,’ थपमाया र तुलीमाया एकसाथ भन्छन् । बुढेशकालमा पनि आत्मनिर्भर बन्न सकेको उनीहरुलाई खुसी लागेको बताउँछन् । उनीहरुले बजार लागेको दिन दैनिक पाँच सयसम्मको व्यापार गर्छन् ।
वर्षाँैदेखि वर्दिबासमा बस्दै आए पनि तुलीमाया र थपमायाले बसाइँसराइ दर्ता गराएका छैनन् । जस कारण थपमायाले वृद्धभत्ता दोलाखाबाट बुझ्ने गरेकी छन् भने ७५ वर्षीया तुलीमाया नागरिकताको कारणले वृद्धभत्ता बुझ्न पाएकी छैनन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराजधानीको सुन्दरता बढाउने फूल ज्याकारान्डा ( फोटोफिचर )
बैशाख १४, २०८१ शुक्रबार
सिसै सिसाको प्रतिक्षालय हेर्दा निकै सुन्दर ( फोटो फिचर )
बैशाख १४, २०८१ शुक्रबार
भाग्यले ठगेको दिन सम्झन चाहन्नन् ऋषि !
बैशाख १४, २०८१ शुक्रबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार
न्युरोडबाट १ किलो ८ सय ग्राम सुन र १ करोड ४३ लाख रकमसहित ७ पक्राउ
बैशाख १४, २०८१ शुक्रबार
पूर्वमन्त्री अफताव आलमलाई जन्मकैदको सजाय
बैशाख १३, २०८१ बिहिबार
कांग्रेसलाई वर्ग शत्रु ठानेर अगाडि बढे पार्टी सकिन्छ : अध्यक्ष नेपाल
बैशाख १४, २०८१ शुक्रबार
बालेनको कविता संग्रह ‘अश्र’ सार्वजनिक
बैशाख १४, २०८१ शुक्रबार
उपनिर्वाचनमा सहभागी हुन निर्वाचन आयोगको अपिल
बैशाख १४, २०८१ शुक्रबार
धरौटी बुझाएर छुटेका पुन फेरी सीआईबीको नियन्त्रणमा
बैशाख १४, २०८१ शुक्रबार
यी ५ बानीले शनिदेव रिसाउँछन्, टाढा रहनुहोस्
बैशाख १४, २०८१ शुक्रबार
आगलागी पीडितलाई तत्काल राहतको व्यवस्था गर्न कांग्रेसको माग
बैशाख १४, २०८१ शुक्रबार