धनगढीमा लक्ष्यभन्दा कम राजस्व संकलन
नेपालबहस संवाददाता
साउन ३०, २०७९ सोमबार १९:२५:२५
३० साउन, गोदावरी । धनगढीस्थित आन्तरिक राजस्व कार्यालयले आर्थिक वर्ष २०७८/८९ मा लक्ष्यभन्दा कम राजस्व संकलन गरेको छ । कार्यालयले रु पाँच अर्ब ७८ करोड १२ लाख ७८ हजार राजस्व संकलन गर्ने लक्ष्य लिएकामा रु तीन अर्ब ९४ करोड ९९ लाख ७२ हजार मात्रै संकलन गरेको जनाएको छ । सो रकम लक्ष्य भन्दा ३२ प्रतिशतले कम हो ।
कार्यालयका सूचना अधिकारी दुर्गाप्रसाद पौडेलका अनुसार कूल राजस्वका शीर्षकमध्ये गत आर्थिक वर्षमा आयकर र स्वास्थ सेवा कर भने लक्ष्यभन्दा बढी संकलन भएको छ । आयकरतर्फ रु एक अर्ब ३६ करोड ६७ लाख ६० हजार उठाउने लक्ष्य लिइएकामा रु एक अर्ब ४० करोड, ९२ लाख चार हजार संकलन भएको छ । स्वास्थ्य सेवा करतर्फ रु पाँच करोड ८९ लाख ७० हजार उठाउने लक्ष्य लिइएकामा लक्ष्यभन्दा झण्डै ५९ प्रतिशत बढी अर्थात रु नौ करोड ३७ लाख छ हजार संकलन भएको छ ।
घर बहाल करतर्फ रु चार करोड ३७ लाख ३४ हजार संकलन गर्ने लक्ष्य लिइएकामा रु दुई करोड ७७ लाख २६ हजार संकलन भएको छ । ब्याज करतर्फ रु चार करोड ९७ लाख ९१ हजार संकलन गर्ने लक्ष्य लिइएकामा रु दुई करोड ३७ लाख २२ हजार संकलन भएको सूचना अधिकारी पौडेलले बताए । मूल्य अभिवृद्धि करतर्फ रु एक अर्ब ४१ करोड ४९ लाख ४३ हजार संकलन गर्ने लक्ष्य लिइएकामा रु ९६ करोड ४८ लाख ५९ हजार संकलन भएको छ । अन्तशुल्क करतर्फ रु दुई अर्ब ८४ करोड ७० लाख ७९ हजार संकलन गर्ने लक्ष्य लिइएकामा रु एक अर्र्ब ४३ करोड सात लाख ४१ हजार संकलन गरिएको छ । जुन लक्ष्यभन्दा ५० प्रतिशत कम हो ।
कार्यालयले शिक्षा सेवा शुल्कको गत आर्थिक वर्षमा लक्ष्य निर्धारण नगरे पनि रु १३ हजार संकलन भएको जनाएको छ । कार्यालयले आर्थिक वर्ष २०७७/७८ मा भने लक्ष्यभन्दा २३ प्रतिशत बढी राजस्व संकलन गरेको थियो । उक्त आर्थिक वर्षमा रु चार अर्ब ५० करोड १० लाख ५४ हजार राजस्व संकलन गर्ने लक्ष्य निर्धारण गरिएकामा रु पाँच अर्ब ५३ करोड ६ लाख ३० हजार १२३.५४ प्रतिशत राजस्व संकलन भएको थियो । सूचना अधिकृत पौडेलले गत आर्थिक वर्षमा लक्ष्यभन्दा कम राजस्व संकलन हुनाको मुख्य कारण कर्मचारी अभावसँगै कोरोनाको असर रहेको जनाए । चालु आर्थिक वर्षमा भने लक्ष्य अनुसारको कर उठाउने तयारीका साथ काम गरिरहेको कार्यालयले जनाएको छ । चालु आर्थिक वर्षमा कार्यालयले रु चार अर्ब ७६ करोड राजस्व संकलन गर्ने लक्ष्य लिइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयातायात कार्यालय धनगढीद्वारा ५१ करोड राजश्व संकलन
बैशाख २७, २०८१ बिहिबार
सीमा नाकामा सशस्त्रका एसपीमाथि निगरानी, पर्साका एसपी हेडक्वार्टरमा तानिए
बैशाख २७, २०८१ बिहिबार
धनगढी उपमहानगरद्वारा २३ करोड राजस्व संकलन
बैशाख २४, २०८१ सोमबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
बैशाख ३०, २०८१ आइतबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
बैशाख ३०, २०८१ आइतबार
सरकारलाई दिएको समर्थन फिर्ता लिने जसपा नेपालको निर्णय
बैशाख ३०, २०८१ आइतबार
धुलिखेल र जापानको सरोमा नगरबीच सीप–प्रविधि आदानप्रदान सम्झौता
बैशाख ३०, २०८१ आइतबार
ठगी आरोपमा चार जना पक्राउ
बैशाख ३०, २०८१ आइतबार
सर्वोच्चद्वारा वर्ल्डलिंकको रिट खारेज,शुल्क असुल्न बाटो खुल्ला
बैशाख ३०, २०८१ आइतबार
राजस्थानमाथि चेन्नई ५ विकेटले विजयी
बैशाख ३०, २०८१ आइतबार
सिन्धुपाल्चोकमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु
बैशाख ३०, २०८१ आइतबार