९ आश्विन २०७९, आईतवार

नारायणी डेभलपमेन्ट बैंकले २६ लाख २४ हजार कित्ता हकप्रद शेयर निष्काशन गर्ने

प्रकाशित मिति :  ३१ श्रावण २०७९, मंगलवार ११:३५


३१ साउन, काठमाडौं । नारायणी डेभलपमेन्ट बैंक शतप्रतिशत हकप्रद शेयर जारी गर्ने भएको छ । बैंकले १ः१ को अनुपातमा आफ्ना शेयरधनीहरूलाई २६ लाख २४ हजार ६७६ कित्ता हकप्रद शेयर निष्काशन गर्न ग्लोबल आइएमई क्यापिटललाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

चितवन जिल्लाको रत्ननगर नगरपालिका, टाँडी, बकुलरमा केन्द्रीय कार्यालय रहेको नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘ख’ वर्गको १–३ जिल्लास्तर (नवलपरासी, चितवन र मकवानपुर) कार्यक्षेत्र रहेको यस डेभलपमेन्ट बैंकको अधिकृत पुँजी ५३ करोड र जारी पुँजी २६ करोड २४ लाख ६७ हजार ६ सय छ ।


182
Shares
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा





पहाड झरे भेडीगोठ
नेपालबहस संवाददाता