९ आश्विन २०७९, आईतवार

भारतमा नौ हजारभन्दा बढिमा कोरोना संक्रमण

प्रकाशित मिति :  १ भाद्र २०७९, बुधबार १७:०८


१ भदौ, एजेन्सी ।  भारतमा एकै दिनमा नौ हजार आठ सय ६२ कोरोना भाइरस संक्रमित भएका संघय स्वास्थ्य मन्त्रालयले बुधबार सार्वजनिक गरेको छ । यसैसँगै भारतमा चार करोड ४२ लाख ८६ हजार दुई ५६ जना कोराना भाइरस संक्रमित भईसकेका छन् ।

भारतमा एक दिन अगाडी आठ हजार आठ सय १३ संक्रमित भएका थिए । दैनिक संक्रमितको सङ्ख्यामा उतारचढाव भइरहेको छ । भारतमा अहिले सक्रिय संक्रमितको संख्या एक लाख पाँच हजार ५८ जना रहेका छन् ।

गत २४ घण्टाको समयअवधीमा कोरोना संक्रमणबाट यहाँ ३६ जनाको मृत्यु भएको छ । यसैसँगै कोरोना सुरु भएबाट हालसम्म यहाँँ पाँच लाख २७ हजार एक सय ३४ व्यक्तिको मृत्यु भइसकेको छ । भारतमा हिजो एक दिनमा १५ हजार दुई सय २० जना कोरोना मुक्त भएका छन् ।

यसैसँगै कूल चार करोड ३६ लाख ५४ हजार ६४ जना कोरोनामुक्त भएका छन् । नयाँ संक्रमितको सङ्ख्याभन्दा संक्रमणमुक्त भएकाको संख्या धेरै रहेकाले सक्रिय संक्रमित घटेका छन् । भारतमा सन् २०२१ को जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु भएको थियो ।

सो समयबाट हालसम्म दुई अर्ब आठ करोड ५७ लाख १५ हजार दुई सय ५१ मात्रा खोप लगाइएको छ । भारतमा कोरोना सुरु भएयता हालसमम ८८ करोड ६० भन्दा बढीको कोरोना भाइरस परीक्षण भएको जनाइएको छ ।


195
Shares
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा