९ आश्विन २०७९, आईतवार

माओवादीको पदाधिकारी चयन अन्तिम चरणमा

प्रकाशित मिति :  १ भाद्र २०७९, बुधबार १८:०१


१ भदौ, काठमाडौं । गत पुसमा आठौँ महाधिवेशन सम्पन्न गरेको नेकपा (माओवादी केन्द्र) ले अझै पदाधिकारीसहित सांगठनिक संरचनाको टुंगो लगाउन सकेको छैन । पदाधिकारीको चयनका साथै सांगठनिक अवस्थालाई पूर्णता दिने भन्दै माओवादी स्थायी समिति बैठक लगातार बसिरहेको छ तर अझै पदाधिकारीले पूर्णता पाउन सकेको छैन ।

महाधिवेशनपछि बसेको पहिलो केन्द्रीय समिति बैठकले अध्यक्षमा पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पुनः चयन गरेको थियो । माओवादीले अर्को बैठकबाट पदाधिकारी चयन गर्ने निर्णय गरेको थियो । कोरोना संक्रमण बढेको तथा लगत्तै स्थानीय तहको निर्वाचनमा केन्द्रित हुनु परेकाले पदाधिकारी चयनलगायतका बाँकी काम पूरा गर्न ढिलाइ भएको माओवादीले जनाएको छ ।

पदाधिकारीसँगै अन्य साङ्गठनिक विषय टुंग्याउन आज अपराह्न पार्टी केन्द्रीय कार्यालयमा बसेको स्थायी समिति बैठकले सो विषयलाई अन्तिम चरणमा पुर्याएको नेता कृष्णबहादुर महराले जानकारी दिए । आजको बैठकमा पदाधिकारी टुङ्ग्याउने, स्थायी समिति, पोलिटब्यूरो र केन्द्रीय समितिमा थप्नुपर्ने केही सदस्यका बारेमा छलफल भएको उनले बताए ।

“सबै विषयमा विस्तृतमा छलफल भयो, करिब करिब टुंगोमा पुगेको छौँ, भोलि पदाधिकारी चयनलगायत विषयले अन्तिमरुप पाउँछ”, उनले भने, “भोलि बिहान ८ बजे बस्ने बैठकले पदाधिकारीको टुंगो लगाउँछ ।”


117
Shares
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा






पहाड झरे भेडीगोठ
नेपालबहस संवाददाता