९ आश्विन २०७९, आईतवार

जग्गा भागवण्डामा कुरा नमिलेपछि भाइ बुहारीमाथि एसीड आक्रमण

प्रकाशित मिति :  १ भाद्र २०७९, बुधबार १८:२०


१ भदौ, सल्यान । सल्यानमा जग्गा भागवण्डा गर्ने कुरा नमिलेपछि रिस पोख्नकै लागि दाइले भाइ-बुहारीमाथि एसीड प्रहार गरेका छन् । जग्गाको भागबण्डा विवाद नमिलेपछि सल्यानको दार्मा गाउँपालिका वडा-३ चम्पुटाकुराका हिलालाल रावत ‘हिरु’ले आफ्नै सहोदर भाइ बुहारीमाथि एसीड प्रहार गरेका हुन्।

६६ वर्षीय हिरालालले एसीड प्रहार गर्दा भाइ बुहारीसहित तीन जना घाइते भएका छन्। प्रहरीका अनुसार भिमबहादुर रावत, उनकी श्रीमती र भिमबहादुरको घरमा सामान पुर्‍याउन आएका एक जना घाइते भएका छन्।

भिमबहादुर दम्पती काम सकेर बेलुका घर फर्किएपछि दाइले उनीहरुमाथि एसीड प्रहार गरेको प्रहरीले जनाएको छ । जग्गा भागवण्डा गर्ने कुरा नमिलेपछि रिस पोख्नकै लागि एसीड प्रहार गरेको भन्ने छ। के कसरी भयो भन्ने कुरामा हामी अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

बुबा-आमाको नाममा रहेको जग्गालाई हापकित्ता गर्दा कुरा नमिलेपछि परिवारमा विवाद सिर्जना भएको बताइएको छ ।


65
Shares
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा





पहाड झरे भेडीगोठ
नेपालबहस संवाददाता