सनराइज बैंक र निक्षेप कर्जा सुरक्षण कोष काठमाडौंबीच सम्झौता
नेपालबहस संवाददाता
भदौ ६, २०७९ मंगलबार ४:२५:४६
६ भदौ, काठमाडौं । सनराइज बैंक लिमिटेडले लघुवित्त तथा विपन्न वर्ग क्षेत्र कर्जा सुरक्षण गर्न निक्षेप तथा कर्जा सुरक्षण कोषसँग सम्झौता गरेको छ । कर्जा सुरक्षण नियमावली, २०७५ दोस्रो संशोधनको अधिनमा रही सम्झौता भएको जनाएको छ ।
निक्षेप तथा कर्जा सुरक्षण कोषको कार्यालयमा आयोजित एक कार्यक्रमका बीच दुई संस्थाबीच लघुवित्त तथा विपन्न वर्ग क्षेत्र कर्जा सुरक्षण गर्ने सम्झौतापत्रमा हस्ताक्षर भएको जनाएको हाे ।
सम्झौतामा सनराइज बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा र निक्षेप तथा कर्जा सुरक्षण कोषका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेश घिमिरेले हस्ताक्षर गरेका हुन् ।
सम्झौतासँगै सनराइज बैंकले लघु वित्त तथा विपन्न वर्ग कर्जा अन्तर्गतविना धितो सामूहिक जमानीमा लगानी गर्ने प्रति व्यक्ति दश लाख रुपैयाँसम्म, शैक्षिक प्रमाणपत्र धितो जमानीमा लगानी गर्ने प्रति व्यक्ति सात लाखसम्म, धितो जमानीमा लगानी गर्ने प्रति व्यक्ति २० लाखसम्मको लगानी गरेको कर्जाको सुरक्षण हुनेछ ।
त्यस्तै वैदेशिक रोजगारबाट सीपमूलक तालिम लिई फर्केका युवा तथा दलित समुदायका व्यक्तिलाई सामूहिक जमानी वा परियोजना धितो अन्तर्गत लगानी गर्ने प्रति व्यक्ति १० लाखसम्मको कर्जा र कोषको पूर्व सहमति लिई महिलाले सञ्चालन गरेका लघु उद्यम परियोजना अन्तर्गत परियोजना धितो राखी अथवा व्यक्तिगत वा सामूहिक जमानीमा लगानी गर्ने १५ लाख रुपैयाँसम्मको कर्जा कोषले सुरक्षण गर्ने बैंकले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकुमारी बैंकद्वारा १० लाख रुपैयाँको बीमा रकम भुक्तानी
बैशाख ९, २०८१ आइतबार
बैंकहरुको मुनाफा घट्यो, ९ महीनामा ४०.६८ अर्ब आम्दानी
बैशाख ७, २०८१ शुक्रबार
ग्लोबल आइएमई बैंकको नयाँ एक्सटेन्सन काउन्टर तुल्सीपुरस्थित मालपोत कार्यालयमा
बैशाख ७, २०८१ शुक्रबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार
सत्ता समीकरणः एमालेको साथ माओवादीलाई गलपासो, समाजवादी मोर्चाप्रति ओली संकिर्ण
बैशाख १३, २०८१ बिहिबार
धुलिखेलमा भोलिदेखि राष्ट्रिय महिला हक्की प्रतियोगिता
बैशाख १४, २०८१ शुक्रबार
अस्ट्रेलियाको तटमा २९ ह्वेलको मृत्यु, १३० को उद्धार
बैशाख १४, २०८१ शुक्रबार
शनिदेवको पूजामा गल्तीले पनि नगर्नुहोस् यी चिजको प्रयोग
बैशाख १४, २०८१ शुक्रबार
सुदूरपश्चिम प्रदेशमा आयातित औलोका बिरामी बढी
बैशाख १४, २०८१ शुक्रबार
२८ जना सहसचिव, ८ उपसचिव र ११ जना शाखा अधिकृतको सरुवा
बैशाख १४, २०८१ शुक्रबार
'डर्टी पिक्चर’ पछि विद्या बालनलाई चुरोटको लत
बैशाख १४, २०८१ शुक्रबार