देशभर थपिए २०० संक्रमित, दुईको निधन
नेपालबहस संवाददाता
भदौ २२, २०७९ बुधबार २३:४७:१०
२२ भदौ, काठमाडौं । कोरोना भाइरसको संक्रमण आज दुई सय ३० जनामा देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा सञ्जयकुमार ठाकुरले तीन हजार आठ सय ३६ परीक्षणमध्ये दुई सय ३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिए । उनका अनुसार आज ७८ जना कोरोना भाइरसबाट स्वास्थ्य लाभ लिई घर फर्किएका छन् । निको हुने प्रतिशत ९८.६ प्रतिशत रहेको छ ।
उपत्यकामा ४९ जना
यस्तै काठमाडौँ उपत्यकामा ४९ जनामा संक्रमण पुष्टि भएको छ । उनले ललितपुरमा तीन, भक्तपुरमा चार र काठमाडौँमा ४२ जनामा संक्रमण भएको मन्त्रालयका बताए । उनले सक्रिय संक्रमितको संख्या दुई हजार पाँच सय पाँच पुगेको जानकारी दिए ।
यस्तै आज कोरोना भाइरसको संक्रमणबाट दुई जना पनि निधन भएको छैन । पाँच सयभन्दा बढी संक्रमित भएका जिल्ला काठमाडौँ र दुई सयभन्दा बढी संक्रमित भएको जिल्ला ललितपुर रहेको छ । संक्रमित शून्य भएका जिल्ला मनाङ, मुस्ताङ, हुम्ला, डोल्पा, जुम्ला, मुगु र बझाङ रहेका छन् ।
यस्तै होम आइसोलेसनमा दुई हजार तीन सय ८०, संस्थागत आइसोलेसनमा एक सय २५, सघन उपचार कक्ष (आइसियु) मा ३२ र भेन्टिलेटरमा तीन जनाको उपचार भइरहेको छ । आज कोरोना भाइरसविरुद्धको खोप एक लाख ६५ हजार दुई सय छ जनाले लगाएका छन्।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबढ्यो कोरोना संक्रमण, एक हप्तामा २८ जना संक्रमित
चैत २०, २०८० मंगलबार
बङ्गलादेशमा काेराेनाको जेएन-१ भेरियन्ट भेटिएको पुष्टि
माघ ५, २०८० शुक्रबार
गोरखमा पनि एक जनामा कोरोना पुष्टि
माघ २, २०८० मंगलबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
बैशाख १३, २०८१ बिहिबार
सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदै छ किनबेच ?
बैशाख १३, २०८१ बिहिबार
देशभर कक्षा १२ को परीक्षा शान्तिपूर्ण रूपमा हुँदै
बैशाख १४, २०८१ शुक्रबार
भारतमा लोकसभाको दोस्रो चरणको मतदान जारी, १३ राज्यका ८८ सिटमा चुनाव हुँदै
बैशाख १४, २०८१ शुक्रबार
भारी वर्षाले जेलभवन भत्काएपछि भागे १०० बढी कैदी
बैशाख १४, २०८१ शुक्रबार
विशिष्ट व्यक्तिबाहेकका सुरक्षाकर्मी २४ घण्टाभित्र फिर्ता बोलाउन गृहको निर्देशन
बैशाख १४, २०८१ शुक्रबार
अष्ट्रेलियाको समुन्द्र तटबाट १३० व्हेल माछाको उद्दार
बैशाख १४, २०८१ शुक्रबार
कोरियाबाट फर्किएर ‘ड्रागन फ्रुट’ खेती
बैशाख १४, २०८१ शुक्रबार