यती एयरलाइन्सले दियो एक बर्षमा १० लाख यात्रुलाई सेवा
नेपालबहस संवाददाता
असोज ५, २०७९ बुधबार २०:४३:२०
५ असोज काठमाडौं । निजी क्षेत्रको हवाई कम्पनी यती एयरलाइन्सले एक वर्षको अवधिमा १० लाखभन्दा बढी यात्रुलाई सेवा प्रदान गरेको छ ।काठमाडौंबाट भद्रपुर, विराटनगर, जनकपुर, सिमरा, पोखरा, भैरहवा, नेपालगञ्जलगायतका विमानस्थल र पर्वतीय उडान भर्दै आएको यती एयरलाइन्सले एक वर्षको अवधिमा १० लाख पाँच हजार छ सय ७७ यात्रुलाई यात्रुसेवा प्रदान गरेको हो ।
एयरलाइन्सले आज आफ्नो २४औँ वार्षिकोत्सवका अवसरमा जारी गरेको विज्ञप्तिमा एक वर्षमा १५ हजार नौ सय २५ वटा उडानमार्फत यात्रुलाई सेवा प्रदान गरेको जनाइएको छ । यतीले हवाइ सेवा प्रदान गरेका यात्रुमध्ये २७ हजार छ सय ६३ जना विदेशी रहेका छन् ।
एयरलाइन्सका प्रवक्ता एवं हवाई सुरक्षा प्रमुख सुदर्शन वर्तौलाले यतीले एक वर्षको अवधिमा एक लाख ५४ हजार दुई सय ८७ किलो कार्गो ढुवानी गरेको जानकारी दिए । “दुई वर्षअघि हामीसँग जहाज धेरै भए पनि सिट सङ्ख्या कम थियो, अहिले ठूला जहाज मात्र हुँदा सिट सङ्ख्या वृद्धि भएको अवस्था छ, अर्को वर्ष थप एउटा एटिआर–७२ ल्याएर यात्रु सङ्ख्या १५ लाख पु¥याउने लक्ष्य लिएका छौँ”, उनले भने ।
यतीले पाँच वटा एटिआर–७२ जहाजमार्फत देशका विभिन्न भूभागमा उडान भर्दै आएकामा गत महिना थप एउटा एटिआर जहाज थप गरेको छ । एयरलाइन्समा हाल सात सय ३० कर्मचारी आबद्ध छन् । यती एयरलाइन्सले भगिनी संस्था तारा एयरमार्फत पनि सेवा प्रदान गर्दै आएको छ ।
ताराको तीन वटा ट्वीनअटर जहाजमार्फत नेपालगञ्जबाट हुम्ला, जुम्ला, रारा, बाजुरा, पोखराबाट मुस्ताङ र काठमाडौँ र रामेछापबाट लुक्ला, फाप्लुलगायतका स्थानमा सेवा दिँदै आएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्राधिकरणलाई २१ करोड तिरेर टेलिकमले लियो लाइसेन्स
बैशाख २८, २०८१ शुक्रबार
एक महिना अघि नै इजरायलबाट आउने भनेको जहाज आएन, यति बेला आएर छानबिन उपसमिति गठन
बैशाख २८, २०८१ शुक्रबार
बन्द भएको बेलको जुस उद्योग सञ्चालनको तयारी
बैशाख २८, २०८१ शुक्रबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
बैशाख ३०, २०८१ आइतबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
बैशाख ३०, २०८१ आइतबार
सरकारलाई दिएको समर्थन फिर्ता लिने जसपा नेपालको निर्णय
बैशाख ३०, २०८१ आइतबार
धुलिखेल र जापानको सरोमा नगरबीच सीप–प्रविधि आदानप्रदान सम्झौता
बैशाख ३०, २०८१ आइतबार
ठगी आरोपमा चार जना पक्राउ
बैशाख ३०, २०८१ आइतबार
सर्वोच्चद्वारा वर्ल्डलिंकको रिट खारेज,शुल्क असुल्न बाटो खुल्ला
बैशाख ३०, २०८१ आइतबार
राजस्थानमाथि चेन्नई ५ विकेटले विजयी
बैशाख ३०, २०८१ आइतबार
सिन्धुपाल्चोकमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु
बैशाख ३०, २०८१ आइतबार