आठ तोला सुनका गरगहना चोरी गर्ने दुई पक्राउ

नेपालबहस संवाददाता
असोज ७, २०७९ शुक्रबार १८:५:४६

७ असोज, काठमाडौं । नेपाल प्रहरीले सुनका गरगहना चोरी गर्ने दुईजनालाई पक्राउ गरेको छ । प्रहरी वृत्त थानकोटको टोलीले चन्द्रागिरि नगरपालिका वडा नं १४ नैकापस्थित एक महिलाको घरबाट ८.५ तोला सुनका गरगहना चोरी गर्ने नुवाकोट तारकेश्वर नगरपालिका–९ घर भई चन्द्रागिरि –९ मच्छेगाउँ बस्ने २३ वर्षीय रविन्द्र रिमाल र चोरीका गहना किन्ने मच्छेगाउँकै २९ वर्षीय सुजन सुनारलाई बिहीबार पक्राउ गरेको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले घरमा रङ लगाउने व्यक्तिबाट सुनका गहना चोरी भएको अनुसन्धानमा खुलेको जानकारी दिए । उक्त चोरीका गहना किन्ने सुनारलाई समेत पक्राउ गरिएको प्रवक्ता मैनालीले बताए ।
पक्राउ परेकासँग प्रहरीले सुनका झुम्का दुई थान, सुनको बाला दुई थान, सुनको ब्रासलेट एक थान, सुर र पित्तलसहितको चन्द्रमा एक थान र नगद रु ६० हजार बरामद गरेको छ । प्रवक्ता मैनालीले पक्राउ परेका दुवै जनालाई मुलुकी फौजदारी अपराधसंहिता ऐन, २०७४ को डाका तथा चोरी कसुरमा काठमाडौँ जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी प्रहरी वृत्त थानकोटबाट अनुसन्धान गरिरहेको बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकर्फ्यू आदेश उलङघन गर्दै प्रदर्शन, नेपालगञ्ज तनावग्रस्त
असोज १६, २०८० मंगलबार
सामाजिक सदभाव कायम राख्न नेपालगञ्जमा कर्फ्यु
असोज १६, २०८० मंगलबार
तस्करीको अखडा बन्दै सिरहा, एक हप्तामा दुई करोडको कपडा बरामद
असोज १७, २०८० बुधबार
देशको सुरक्षा अवस्थाबारे राष्ट्रिय सुरक्षा परिषदमा छलफल
असोज १७, २०८० बुधबार
एसीसी यू–१९ प्रिमियर कपका लागि नेपाली टोलीको घोषणा
असोज १७, २०८० बुधबार
एसियन कप छनोट खेल्ने फुटसल टोलीको विदाई
असोज १७, २०८० बुधबार
दशैं, तिहार र छठ पर्वमा सार्वजनिक यातायात सहज बनाइने
असोज १७, २०८० बुधबार