अछामको विभिन्न स्थानमा यात्रु सहायता कक्ष
नेपालबहस संवाददाता
असोज ७, २०७९ शुक्रबार २३:९:३३
७ असोज, अछाम । जिल्ला ट्राफिक प्रहरी कार्यालय अछामले दसैँ तिहारमा यात्रुको सहजताका यात्रु सहायता कक्षा संचालनमा ल्याइएको छ । चाडपर्वमा यात्रुलाई बिभिन्न समस्या हुनसक्ने भन्दै यात्रु सहायता कक्ष संचालनमा ल्याइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय अछामले जनाएको छ ।
मङ्गलसेन बसपार्कमा स्थापना गरिएको यात्रु सहायता कक्षको उद्घाटन गर्दै जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायब उपरीक्षक नारायण डाँगीले चाडपर्वमा सवारी साधनको चाप बढ्दै जाने हुँदा बसपार्क क्षेत्रभित्र भीडभाड हुने यात्रु ठगिने कार्यलाई नियन्त्रण गर्न र यात्रुको समस्या तत्काल सुनुवाइ गरी समाधान गर्न यात्रु सहायता कक्ष स्थापना गरिएको बताए ।
चाडपर्वको बेलामा ट्राफिक प्रहरीको उपस्थितिले ट्राफिक नियमको पालना हुने विश्वास गरिएको छ । कुनै पनि यात्रुले समस्या भोग्नुपरेमा सहायता कक्षमा सम्पर्क राख्न सक्छन । मंगलसेनलगायत जिल्लाको साफेबगर, चौखुट्टे, विनायक, कमलबजार, जयगढ र बेलखेत गरी सात ठाउँमा यात्रु सहायता कक्ष स्थापना गरिएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपवर्षाका कारण मुग्लिन–पोखरा सडक आवागमनमा सास्ती
बैशाख ३१, २०८१ सोमबार
ट्रयाक खुलेको ३६ वर्षपछि सडक कालोपत्र
बैशाख ३१, २०८१ सोमबार
मोहन्यालका ग्रामीण सडकको स्तरोन्नतिको काम सुरु
बैशाख ३१, २०८१ सोमबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
वर्षासँगै काठमाडौंको प्रदूषण कम हुँदै, ५० औँ स्थानमा सूचीकृत
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
कांग्रेसको अवरोधपछि प्रतिनिधिसभाको बैठक स्थगित
जेठ १, २०८१ मंगलबार
क्रिकेटर सन्दीपको लामिछानेको मुद्दा हेर्दाहेर्दैमा
जेठ १, २०८१ मंगलबार
प्रतिनिधि सभाको बैठकमा कांग्रेसको अवरोध, छानबिन समितिको माग गर्दै नाराबाजी
जेठ १, २०८१ मंगलबार