२२ मंसिर २०७९, बिहीबार

महोत्तरीमा घाँस काटन गएकी महिला मृत फेला, शरिरभरी चोट र रक्ताम्य

प्रकाशित मिति :  ८ आश्विन २०७९, शनिबार ०८:३८


७ भदौ, महोत्तरी । महोत्तरीको मट्टिहानीमा घाँस काटन गएकी एक महिला मृत अवस्थामा फेला परेकी छन । वडा नम्बर १ सानो धिरापुर निवासी मोहम्मद असरारुल अंसारी कि अन्दाजी ४० वर्षिया श्रीमति अमना खातुन मृत अवस्थामा फेला परेकी हुन ।

अमिना शुक्रवार घास काटन जंगल गएकी थिइन । मृतक महिलाको शव घरबाट झण्डै एक किलोमिटर दूरीमा रहेको खोईर भन्ने स्थानको बासघारीमा शव फेला परेको प्रहरीले जनाएको छ ।

महिलाको शरिरभरी चोट र रक्ताम्य देखिएको हुदा कसैले बीभत्स हत्या गरेको हुन सक्ने प्रहरीको पारम्भिक अनुमान छ । शवको प्रकृती हेर्दा हत्या गरेको जस्तो देखिएको हुनाले प्रहरीलाइ यथासक्य छानविनको लागि अनुरोध गरेको नगरप्रमुख हरि प्रसाद मण्डलको भनाइ छ ।

घटनाको बिषयमा गम्भीर ढङगले अनुसन्धान अगाडि वढाइएको र रातिसव भेटिएको हुनाले पोष्टमार्टमको लागी विहानमात्र पठाइने महोत्तरीका एसपी कृष्ण पंगेनीले बताए ।

मृतकको श्रीमान र एक छोरा वैदेशिक रोजगारीमा छन ।


117
Shares
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा