२२ मंसिर २०७९, बिहीबार

इटाली र हंगेरीको जित, जर्मनी पराजित

प्रकाशित मिति :  ८ आश्विन २०७९, शनिबार १०:०४


८ असोज, काठमाडौं । हंगेरीसँग १–० ले स्तब्ध हुँदा जर्मनी युइएफए नेसन्स लिगमा पहिलो हार बेहोर्न पुगेको छ । शुक्रबार राति हंगेरीका एडाम सज्लाईले १७औं मिनेटमा निर्णायक गोल गरे । जर्मनी १३ औं खेलमा आएर पराजित भएको हो ।

हारसँगै जर्मनी नेसन्स लिग ए ग्रुप ३ मा ४ खेलबाट ६ अंक जोडेर तेस्रो स्थानमा छ । हंगेरी १० अंक जोडेर शीर्षस्थानमा छ ।समूहको अर्को खेलमा इटालीले इंग्ल्यान्डलाई १९० अन्तरले पराजित गर्यो । इटालीको जितमा ६८औं मिनेटमा जियाकोमो रस्पाडोरीले निर्णायक गोल गरे ।इटाली ८ अंक जोडेर दोस्रो तथा इंग्ल्यान्ड २ अंक जोडेर पुछारमा छ ।


0
Shares
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा