२२ मंसिर २०७९, बिहीबार
समाज

काठमाडौंबाट चोरीको मोटरसाइकलसहित एक जना पक्राउ

प्रकाशित मिति :  ८ आश्विन २०७९, शनिबार २१:३७


८ असोज, काठमाडौं । चोरी भई हराएको मोटरसाइकलसहित काठमाडौं महानगरपालिका २६ शिव मन्दिर नजिकैबाट शुक्रबार प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रसुवाको नौकुण्ड गाउँपालिका ३ घर भई हाल काठमाडौंको टोखा बस्दै आएका १९ वर्षीय विजय तामाङ रहेका छन् ।

वास्तविक नम्बर प्लेट बागमती प्रदेश ०२९०२८ प ७७ ८५ लाई परिवर्तन गरी बा ९० प ९० ९२ नम्बर राखी चलाइरहेको अवस्थामा मोटरसाइकलसहित तामाङलाई शुक्रबार ट्राफिक प्रहरीले पक्राउ गरेको हो ।

एनएस २०० सिसिको पल्सर मोटरसाइकल उदयपुरको त्रियुगा नगरपालिका ३ घर भई हाल काठमाडौंको हात्तीगौँडा बस्दै आएका पहल कुमार मगरको रहेको अनुसन्धानबाट खुल्न आएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले बताए ।


0
Shares
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा