२२ मंसिर २०७९, बिहीबार

तेस्रो तथा अन्तिम टी ट्वान्टीमा भारतले अष्ट्रेलियाको सामना गर्दै

प्रकाशित मिति :  ९ आश्विन २०७९, आईतवार १२:१३


९ असोज, काठमाडौं । तीन खेलको अन्तर्राष्ट्रिय टी ट्वान्टीको तेस्रो तथा अन्तिम टी ट्वान्टी खेलमा भारतले आज अष्ट्रेलियाको सामना गर्दैछ । उक्त खेल हैदराबादमा हुनेछ ।

दुई खेलपछि बराबरीमा रहेको श्रृखंला जित्न दुबै टोलिले पुरा प्रयास गर्नेछन् । पहिलो टी ट्वान्टी खेल अष्ट्रेलियाले जितेको थियो । दोस्रो टी ट्वान्टीमा वापसी गर्दै भारतले अष्ट्रेलियालाई छ विकेटले हराएको थियो ।

भारतले उक्त लयलाई निरन्तरता दिन प्रयत्नशील रहनेछ । अष्ट्रेलियाले भने भारतीय भूमिमा टी ट्वान्टी श्रृखंला जितेर कीर्तिमान बनाउने लक्ष्यका साथ हैदराबाद क्रिकेट ग्राउन्डमा उत्रिनेछ ।


0
Shares
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा