२२ मंसिर २०७९, बिहीबार

पाकिस्तान र इंग्ल्याण्डबीचको चौथो टी ट्वान्टी आज

प्रकाशित मिति :  ९ आश्विन २०७९, आईतवार १२:१९


९ असोज, काठमाडौं । पाकिस्तान र इंग्ल्याण्डबीचको चौथो टी ट्वान्टी क्रिकेट खेल आज हुँदैछ । सात खेलको अन्तर्राष्ट्रिय श्रृखंलामा तीन खेलपछि इंग्ल्याण्डले २–१ को अग्रता लिएको छ ।

दोस्रो टी ट्वान्टी खेलमा दश विकेटको फराकिलो अन्तरले जित हात पारेको पाकिस्तानलाई मध्यक्रमको ब्याटिंगको चिन्ताले सताएको छ । ओपनरद्वयले उत्कृष्ट प्रदर्शन गरेको खेलमा जित हात पार्ने पाकिस्तानले चौथो टी ट्वान्टीमा समेत जित हात पारेर श्रृखंला बराबरीमा ल्याउने लक्ष्य लिएर कराँचीमा उत्रिनेछ ।

पहिलो र तेस्रो टी ट्वान्टी खेल जितेको इंग्ल्याण्डले भने बलिङ्गलाई कसिलो बनाउँदै चौथो टी ट्वान्टी जितेर श्रृखंलामा पाएको अग्रतालाई फराकिलो बनाउने दाउमा हुनेछ ।


0
Shares
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा