२२ मंसिर २०७९, बिहीबार

तीन प्रदेशमा वर्षा जारी, उपत्यकामा अपराह्नतिर पानी पर्ने सम्भावना

प्रकाशित मिति :  ९ आश्विन २०७९, आईतवार १३:४१


९ असोज, काठमाडौं  ।  मनसुन न्यूनचापीय प्रणालीको प्रभावले हाल लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका मौसमविद् राजु प्रधानाङ्गका अनुसार अहिले सुदूरपश्चिम र कर्णाली प्रदेशमा पूर्ण बदली र लुम्बिनी प्रदेशका पश्चिमी भेगमा सामान्य बदली रही हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

राजधानी काठमाडौं उपत्यकामा अपराह्नतिर हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद् प्रधानाङ्गले बताए । उनले मनसुन जारी रहेकाले अझै केही दिन वर्षाको सम्भावना रहेको उल्लेख गरे।

महाशाखाले जारी गरेको मनसुन बुलेटिनमा हाल मनसुनको न्यूनचापीय रेखा पश्चिमतिर सरदर स्थानको आसपास तथा पूर्वतिर सरदर स्थानको उत्तरतिर अवस्थित छ । भारतको उत्तर–पूर्वी राजस्थानमा न्यूनचापीय क्षेत्र अवस्थित रहेको छ ।

उक्त मौसमी प्रणालीको प्रभावले आज लुम्बिनी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाकोसमेत सम्भावना रहेको छ ।


130
Shares
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा