२२ मंसिर २०७९, बिहीबार

दोस्रो बजारमा अभियान लघुवित्तको कारोबार सुरू

प्रकाशित मिति :  ९ आश्विन २०७९, आईतवार १४:०९


९ असोज, काठमाडौं । धितोपत्र दोस्रो बजार नेपाल स्टक एक्सचेञ्जमा अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडको पहिलो कारोबार भएको छ । आइतबार पहिलो कारोबार सुरु गरेको अभियान लघुवित्तको स्पेशल प्रि-ओपनिङ सेसनमा प्रतिकित्ता ३ सय १६ रूपैयाँमा कारोबार भएको छ ।

नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि प्रतिशेयर न्युनतम १०५ रूपैयाँ ३६ पैसादेखि अधिकतम ३१६ रूपैयाँ ८ पैसासम्म ओपनिङ रेञ्ज निर्धारण गरेको थियो ।

कम्पनीको कारोबार अधिकतम रेञ्जट सुरू भएको हो । शुक्रबार कम्पनीको २५ लाख कित्ता साधारण शेयर ‘आईपीओ’ धितोपत्र सूचीकरण विनियमावली, २०७५ बमोजिम नेप्सेमा कारोबार हुन सक्ने गरी सूचीकृत भएको थियो ।


117
Shares
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा