१८ मंसिर २०७९, आईतवार

अब तपाई तनावमा भए नभएको कुकुरले पत्ता लगाउने

प्रकाशित मिति :  १३ आश्विन २०७९, बिहीबार १२:३२


१३ असोज, एजेन्सी । हामीले पाल्ने कुकुरले फेरि एक पटक प्रमाणित गरेका छन् कि तिनीहरू हाम्रा भावनाहरूमा राम्रोसँग मिल्छन् । हालैको एक अध्ययनले यस्तो देखाएको हो । क्वीन्स युनिभर्सिटी बेलफास्टका अन्वेषकहरूले गरेको नयाँ अध्ययन अनुसार कुकुरहरूले आफ्नो पसिना र सासबाट मानिसमा तनाव पत्ता लगाउन सक्छन् ।

वैज्ञानिकहरूले पत्ता लगाएका छन् कि कुकुरहरूले हाम्रो सास र पसिनामा तनावको गन्ध लिन सक्छन् । अध्ययनका लागि चार वटा पाल्तु कुकुरलाई तीनवटा सुगन्धित क्यानिस्टर ‘सिलिण्डर आकारका चार डिब्बा’ मध्ये एउटा ‘छनोट’ गर्न तालिम दिइएको थियो ।

७०० मध्ये ६५० भन्दाबढी परीक्षणहरूमा तिनीहरूले सफलतापूर्वक पसिना वा सासको नमूना पहिचान गरे जुन तनावग्रस्त व्यक्तिबाट लिइएको थियो । प्लोस वन जर्नलमा प्रकाशित छ ।

क्वीन्स युनिभर्सिटी बेलफास्टका अन्वेषकहरूले आफ्नो अध्ययनले थेरापी कुकुरहरूको तालिममा मद्दत गर्ने आशा गरेका छन् । स्कूल अफ साइकोलोजीका क्लारा विल्सन ९पीएचडी शोधकर्ता० र केरी क्याम्पबेल ‘एमएससी विद्यार्थी’ ले सो अध्ययन गरेका थिए । अध्ययनमा बेलफास्ट काउन्टीका चार कुकुर ट्रिओ, फिनगल, सुट , विनी र ३६ जना मानिस संलग्न थिए ।


39
Shares
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा