१८ मंसिर २०७९, आईतवार

एनआरएनएले गर्‍यो स्वर्णधारी दुई खेलाडीलाई सम्मान

प्रकाशित मिति :  ३ कार्तिक २०७९, बिहीबार १३:०४


३ कात्तिक, काठमाडौं । गैरआवासीय नेपाली संघले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पौडी विधाका स्वर्ण पदक विजेता खेलाडी एस्ली सापकोटा डंगोल र आशीष सापकोटा डंगोललाई सम्मान गरेको छ । बिहीबार एक कार्यक्रम गरी स‌ंघले खेलाडीद्वयलाई सम्मान गरेको हो ।

संघको सचिवालयले आयोजना गरेको कार्यक्रममा संघका अध्यक्ष डा. बद्री केसी, उपाध्यक्ष महेश श्रेष्ठ, युवा उपाध्यक्षद्वय रोशन थापा र राज रेग्मी तथा महिला सचिव राधिका गुरुङले उनीहरूलाई सम्मान गरेका हुन् । साथै उनीहरूका आमा र प्रशिक्षकलाई पनि सम्मान गरिएको थियो ।

गण्डकी प्रदेशको पोखरामा आयोजना गरिएको राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत आयोजना भएको पौडी प्रतियोगितामा एस्ली सापकोटाले ६ स्वर्ण र आशिष सापकोटा डंगोलले तीनवटा स्वर्ण पदक जितेका छन् । स्वर्णधारी खेलाडीद्वयले संघको तर्फबाट प्रतियोगितामा भाग लिन पाएकोमा गर्व महसुस गर्दै संघप्रति धन्यवाद प्रकट गरे ।

संघका अध्यक्ष केसीले अब आउने प्रतियोगितामा विदेशमा रहेका दोस्रो पुस्ताका ट्यालेन्टेड युवाहरूलाई खोजेर सहभागी गराई नेपालको खेलकुद प्रवर्द्धन गर्नुपर्ने बताए ।


39
Shares
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा