८ चैत्र २०७९, बुधबार

गोर्खाज फाइनान्सको नाफा शतप्रतिशत वृद्धि

प्रकाशित मिति :  १३ कार्तिक २०७९, आईतवार ११:०४


१३ कार्तिक, काठमाडौं । गोर्खाज फाइनान्सले चालु आवको पहिलो त्रैमाससम्मको सार्वजनिक वित्तीय विवरणअनुसार फाइनान्सले ३ करोड ३३ लाख १४ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।

यो नाफा गत वर्षको यसैअवधिको भन्दा १०१.०५ प्रतिशतले धेरै हो । गत वर्षको यही अवधिमा फाइनान्सले १ करोड ६५ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । यसअवधिमा सञ्चालन नाफा पनि ७६.१९ प्रतिशत ले बढेर ४ करोड ८५ लाख रुपैयाँ पुगेको छ । गत वर्ष उक्त नाफा २ करोड ७५ लाख रुपैयाँ रहेको थियो ।

खुद ब्याज आम्दानी भने ३१७४.४९ प्रतिशत ले बढेर ८ करोड ११ लाख रुपैयाँ पुगेको छ । खुद ब्याज आम्दानी, सञ्चालन नाफा बढ्नाले यसको खुद नाफामा आकर्षक वृद्धि भएको हो । साथै, फाइनान्सको इम्पेयरमेन्ट चार्ज गत वर्षको तुलनामा घटेको छ । जसले गर्दा नाफामा बढ्नमा सहयोग पुगेको देखिन्छ । फाइनान्सको वितरणयोग्य नाफा ३२ लाख ९८ हजार रुपैयाँ ऋणात्मक रहेको छ ।

गोर्खाजको चुक्ता पुँजी ८६ करोड ७९ लाख ९३ हजार रुपैयाँ छ । जगेडा कोषमा ७२ करोड ७३ लाख रुपैयाँ जम्मा रहेको छ । असोज मसान्तसम्म आइपुग्दा प्रतिसेयर आम्दानी ७ रुपैयाँ ७१ पैसाले बढेर १५ रुपैयाँ ३५ पैसा कायम भएको छ ।

गत वर्षको पहिलो त्रैमासमा यसको प्रतिसेयर आम्दानी ७ रुपैयाँ ६४ पैसा रहेको थियो । कम्पनीको प्रतिसेयर नेटवर्थ १८५ रुपैयाँ ६७ पैसा छ । यसको निष्कृय कर्जा अनुपात घटेर ७.४२ प्रतिशत कायम भएको छ ।


39
Shares
roadshow real state
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@nepalbahas.com मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा