१८ मंसिर २०७९, आईतवार

सांग्रिला डेभलपमेन्टका ग्राहकलाई दराजमा अनलाइन सामान खरिद गर्दा १५ प्रतिशत छुट

प्रकाशित मिति :  २२ कार्तिक २०७९, मंगलवार १४:५१


२२ कात्तिक, काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले दराजसँग ११.११ अवसरमा अनलाइन सपिङ्ग गर्दा छुट प्रदान गर्ने सम्झौता गरेको छ । बैंकका ग्राहकहरुले दराजद्वारा अनलाइन सामान खरिद गरी अनलाइनबाटै भुक्तानी गर्दा १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्ने बैंकले जनाएकाे हाे ।

 सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख सञ्चालन अधिकृत अपूर्व प्रसाद जोशी र दराजका तर्फबाट डिजिटल पेमेन्ट पार्टनरसीप प्रमुख अरुण फुयाँलले हस्ताक्षर गरेका हुन् ।

बैंकमा खाता रहेका ग्राहकहरुले दराजको ११.११ को अवधिमा अनलाइनबाट सामान खरिद गर्दा डेबिट कार्ड मार्फत अग्रिम भुक्तानीमा अधिकतम १५ प्रतिशत वा २ हजार ५०० रुपैयाँसम्मको छुट प्राप्त गर्न सक्ने बैंकद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

उक्त छुट प्राप्त गर्नको लागि ग्राहकहरुले आफ्नो कार्डमा ई–कमर्स सक्रिय गर्नु पर्छ । बैंकका ग्राहकहरुलाई सजिलोसँग घरमै बसी अनलाइनबाटै सामान खरिद र भुक्तानी गर्दा छुट प्राप्त गर्न सकिने अवसर प्रदान गर्न सम्झौता गरिएको बैंकले जनाएको छ ।


39
Shares
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा