१८ मंसिर २०७९, आईतवार

गरिमा विकास बैंकले १३ प्रतिशत बोनस शेयर दिने

प्रकाशित मिति :  २५ कार्तिक २०७९, शुक्रबार ११:३९


२५ कात्तिक, काठमाडौं । गरिमा विकास बैंकले १३ प्रतिशत बोनस शेयर दिने भएको छ। बैंकको बिहीबार बसेको संचालक समिति बैठकले गतवर्षको मुनाफा तथा सेयर प्रिमियमबाट शेयरधनीहरुलाई लाभांश दिने भएको हो।

बैंकको हाल चुक्ता पुँजी ४ अर्ब ५९ करोड रुपैयाँ छ। यसको १३ प्रतिशत बराबर बोनस सेयर दिने भएको हो। अब बैंकको चुक्ता पुँजी ५९ करोड ६८ लाख रुपैयाँले बढ्ने छ। बैंकले १.५० प्रतिशत नगद लाभांशसमेत दिने छ। यो नगद कर प्रयोजनका लागि समेत हो।  नगद लाभांशबापत बैंकले ६ करोड ८८ लाख रुपैयाँ वितरण गर्ने छ।

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत गरे पश्चात विकास बैंकको आगामी वार्षिक साधारणसभाले पारित गरे बमोजिम वितरण गरिने छ ।

हाल, गरिमा विकास बैंक लिमिटेडले करिव ७१ अर्बनिक्षेप संकलन गरी ६३अर्र्ब कर्जा प्रवाह गरेको छ भने नेपालभर सातवटै प्रदेशमा रहेका १२० शाखा कार्यालय, १ एक्स्टेन्सन काउन्टर, ५१ एटिएमएवं डिजिटल बैंकिङ मार्फत सरल, सुरक्षित तथा गुणस्तरीय वित्तीय सेवा प्रवाह गर्दै आईरहेको छ ।


65
Shares
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा