१८ मंसिर २०७९, आईतवार
आम निर्वाचन-०७९
प्रदेश १

डा. शेखरभन्दा ६ सय बढी मतले लालबाबु पछाडि

प्रकाशित मिति :  ६ मंसिर २०७९, मंगलवार १८:१८


६ मंसिर, मोरङ । मोरङमा आइतबार सम्पन्न प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनअन्तर्गत क्षेत्र नं ६ को प्रतिनिधिसभातर्फ मत गणनामा सत्ता गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले अग्रतालाई कायमै राखेका छन् ।

मतगणनाको सुरुवातदेखि नै डा. कोइराला अग्रता लिइरहेका छन् । पछिल्लो मत गणना परिणात अनुसार १३ हजार ४ सय २२ मत गणना हुँदा डा. कोइरालाले ५,०८२ मत पाएका छन् ।

उनलाई पछ्याइरहेका नेकपा (एमाले)का उम्मेदवार लालबाबु पण्डिले भने ४,४३८ मत प्राप्त गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका यादवकुमार प्रधानलगायत अन्य उम्मेदवारहरुले पनि मत प्राप्त गरेका छन् । मत गणना रफ्तार चलिरहेकाे छ ।


1.81k
Shares
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा