पहिलो चौमासिकमा वैदेशिक व्यापार घाटा चार खर्ब ७७ अर्ब पुग्याे

नेपालबहस संवाददाता
मंसिर ७, २०७९ बिहिबार ५:१०:३५

७ मंसिर, काठमाडौं । चालु आर्थिक वर्ष २०७९÷८० को पहिलो चौमासिक अवधिमा नेपालको वैदेशिक व्यापार घाटा रु चार खर्ब ७७ अर्ब ९१ करोड ७० लाख पुगेको छ । भन्सार विभागले सार्वजनिक गरेको कात्तिक मसान्तसम्मको वैदेशिक व्यापारको तथ्याङ्कअनुसार नेपालले यो अवधिमा कूल रु पाँच खर्ब ८७ अर्ब ४६ करोड ५६ लाख बराबरको वैदेशिक व्यापार गरेको छ ।
जसमध्ये रु पाँच खर्ब ३२ अर्ब ६९ करोड १३ लाख बराबरको वस्तु तथा सेवा आयात गरेको तथा रु ५४ अर्ब ७७ करोड ४३ लाख बराबरको मात्रै निर्यात गरेको देखिन्छ । कूल वैदेशिक व्यापारमा आयातको हिस्सा ९० दशमलव ६८ र निर्यातको हिस्सा नौ दशमलव ३२ प्रतिशत बराबर हो ।
विभागको तथ्याङ्कअनुसार गत आर्थिक वर्षको पहिलो चौमासिक अवधिको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा कूल वैदेशिक व्यापार १९ दशमलव ७९ प्रतिशतले घटेको छ । गत आर्थिक वर्षको पहिलो चौमासिक अवधिमा नेपालको कूल वैदेशिक व्यापार रु सात खर्ब ३२ अर्ब ४१ करोड ८६ लाख पुगेको थियो । त्यस्तै गत वर्षको तुलनामा चालु आर्थिक वर्षको पहिलो चौमासिकमा आयात १८ दशमलव शून्य आठ प्रतिशत र निर्यात ३३ दशमलव ३० प्रतिशतले घटेको छ ।
प्रथम चौमासिकमा नेपालले छिमेकी मुलुक भारतसँग मात्र रु दुई खर्ब ८३ अर्ब ५८ करोड ९१ लाख व्यापार घाटा व्यहोरेको छ । यो अवधिमा नेपालले भारतबाट रु तीन खर्ब २२ अर्ब १८ करोड बराबरको आयात गरेको छ भने रु ३८ अर्ब ६० करोड बराबरको मात्रै निर्यात गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपठेक्का सम्झौताबिनै बालुवा उत्खनन हुँदा राजस्व गुम्यो
असोज १०, २०८० बुधबार
पानामा रोग देखिएपछि केरा आयातमा कडाइ
असोज ५, २०८० शुक्रबार
चालु आवको सुरूवाती दुई महिनामा कति उठ्यो राजस्व ?
असोज १, २०८० सोमबार
तस्करीको अखडा बन्दै सिरहा, एक हप्तामा दुई करोडको कपडा बरामद
असोज १७, २०८० बुधबार
देशको सुरक्षा अवस्थाबारे राष्ट्रिय सुरक्षा परिषदमा छलफल
असोज १७, २०८० बुधबार
एसीसी यू–१९ प्रिमियर कपका लागि नेपाली टोलीको घोषणा
असोज १७, २०८० बुधबार
एसियन कप छनोट खेल्ने फुटसल टोलीको विदाई
असोज १७, २०८० बुधबार
दशैं, तिहार र छठ पर्वमा सार्वजनिक यातायात सहज बनाइने
असोज १७, २०८० बुधबार