विश्वकपमा स्पेनको सर्वाधिक सात गोल, गाबीले रचे इतिहास

नेपालबहस संवाददाता
मंसिर ८, २०७९ बिहिबार १३:५६:१२

८ मंसिर, एजेन्सी । फेरान टोरेजको दुई गोल प्रेरित स्पेनले कोस्टारिकामाथि ७-० को प्रभावशाली जित सहित कतार विश्वकप २०२२ मा सुरुआत गरेको छ । दोहास्थित अल थुमामा रंगशालामा प्राप्त जितसँगै स्पेनले विश्वकप फुटबलको इतिहासमै सबभन्दा फराकिलो जित पारेको हो ।
समूह ‘ई’को आफ्नो पहिलो खेलमा स्पेनलाइै जित दिलाउन टोरेजले दुई गोल गर्दा ड्यानी ओल्मो, मार्को एसेन्सियो, गाबी, कार्लोस सोलर र अल्भारो मोराटाले एक एक गोल गरेका थिए ।
बार्सिलोनाका १८ वर्षे मिड्फिल्डर गाबी स्पेनिस राष्ट्रिय टोलीका लागि सबभन्दा कम उमेरमा अन्तर्राष्ट्रिय गोल गर्ने खेलाडी बनेका छन् । स्पेनका लागि १४ खेलमा उनको व्यक्तिगत गोलसंख्या चार पुगेको छ । विश्वकपमा भने उनको यो पहिलो गोल हो ।
समूह ‘ई’ मा बुधबार भएको खेलमा चार पटकको पूर्व विजेता जर्मनीलाई २-१ को नतिजामा स्तब्ध पार्दै एसियाली मुलुक जापानले विश्वकपको सुखद सुरुआत गरेको थियो । समूहको दोस्रो खेलमा आइतबार स्पेनले जर्मनी तथा जापानले कोस्टारिकासँग प्रतिस्पर्धा गर्नेछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअन्तर्राष्ट्रिय सिमरा भेट्रान फुटबलमा फाइनल प्रवेशका लागि पर्सा र काठमाडौं भिड्ने
असोज १२, २०८० शुक्रबार
साय यु–१९ च्याम्पियनसिपः नेपाल–भारतबीच सेमिफाइनल खेल जारी
असोज १०, २०८० बुधबार
साफ यू–१९ च्याम्पियनसिपः भुटानलाई हराउँदै पाकिस्तान फाइनलमा प्रवेश
असोज १०, २०८० बुधबार
तस्करीको अखडा बन्दै सिरहा, एक हप्तामा दुई करोडको कपडा बरामद
असोज १७, २०८० बुधबार
देशको सुरक्षा अवस्थाबारे राष्ट्रिय सुरक्षा परिषदमा छलफल
असोज १७, २०८० बुधबार
एसीसी यू–१९ प्रिमियर कपका लागि नेपाली टोलीको घोषणा
असोज १७, २०८० बुधबार
एसियन कप छनोट खेल्ने फुटसल टोलीको विदाई
असोज १७, २०८० बुधबार
दशैं, तिहार र छठ पर्वमा सार्वजनिक यातायात सहज बनाइने
असोज १७, २०८० बुधबार