१८ मंसिर २०७९, आईतवार
लुम्बिनी प्रदेश

बाँके ३ को प्रदेश सभा–३ ‘ख’ मा कांग्रेसका बादशाह कुर्मी निर्वाचित

प्रकाशित मिति :  ८ मंसिर २०७९, बिहीबार ०९:४४


८ मंसिर, काठमाडौं । बाँकेको निर्वाचन क्षेत्र नम्बर ३ को प्रदेश सभा–३ ‘ख’ मा नेपाली कांग्रेसका बादशाह कुर्मी निर्वाचित भएका छन् । कांग्रेस नेता कुर्मी २ हजार ४ सय ८३ मतको अन्तरले निर्वाचित भएका हुन ।

कुर्मीले १३ हजार ४ सय ३३ मत प्राप्त गरे, भने उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका भिम वलीले १० हजार ९ सय ५० मत ल्याएका छन । यस्तै जनता समाजवादी पार्टी ‘जसपा’ का विजयकुमार पाठकले ४ हजार ४ सय ५१ मत ल्याएका छन् ।

कुल ५१ हजार ७ सय २६ मतदाता रहेको उक्त प्रदेश सभामा ३३ हजार ७ सय ३ मत खसेको थियो। यस्तै १ हजार ९ सय ८१ मत बदर भएको थियो ।


78
Shares
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा